हरुवा मन्त्रीले राजीनामा नदिँदा राज्यलाई २३ करोड क्षति

समाचार

काठमाडौं । गत मंसिर ४ सम्पन्न आमनिर्वाचनमा सत्ता गठबन्धनबाट बनेका मन्त्रीहरुले चुनावमा हार खाएपछि अहिलेसम्म राजीनामा दिएका छैनन् । सत्तागठबन्धनबाट मन्त्री भएकाहरुमा गृहमन्त्री बालकृष्ण खाँड उर्जा मन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, संस्कृति तथा पर्यटन मन्त्री जीवन राम श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्वाचनमा पराजय भोगेपछि स्वतह राजीनामा दिनुपर्नेमा राजीनामा नदिएर अहिलेसम्म मन्त्री पद ओगटी राखेका छन् । अन्य देशमा निर्वाचनमा हार व्यहोरेपछि बहालवाला पदबाट राजीनामा दिने चलन छ । तर, हाम्रो देश नेपालमा भने यो कुरा लागु हुँदैन । अहिले अधिकांश चुनाव हारेका मन्त्रीहरुले लाजै नमानी मन्त्रीको खाडीमा सवार झन्डा हल्लाएर सवार गरिरहेका छन् । र, मन्त्रीका पिएदेखि स्वकीय सचिव, मन्त्रीले राज्यको सुविधा लिइराखेका छन् । त्यसरी चुनाव हारेर मन्त्री पदमा बसिरहेका मन्त्रीहरुले सम्बन्धित निकाय अथावा मन्त्रालय अन्तर्गतका विभागहरुमा आफ्ना आसेपासेलाई समेत जागिर खुवाएर राज्यको सम्पत्तिमाथि दुरुपयोग गरिराखेको अवस्था छ । र, कतिपय ठूला भनाउँदा मन्त्रालयहरुमा मन्त्रीहरुले आफू निकटका व्यक्तिहरुलाई राजनीतिक नियुक्ति गरेर जाने परम्परा यथावतै छ । तर, सरकार कहिलेसम्म बन्छ भन्ने कुरा अहिलेसम्म कुनै जानकारी छैन । गत निर्वाचनमा भएको मतपरिणामको विवरण आइसकेको छैन । समानुपातिकतर्पm कुन पार्टीबाट को को सांसद बन्छन् भन्ने अहिलेसम्म जानकारी भएको अवस्था छैन । निर्वाचन आयोगले सम्पूर्ण राजनीतिक दलहरुको मत परिणाम राष्ट्रपति कार्यालयलाई बुझाएपछि राष्ट्रपतिबाट ठूलो दलको नेतालाई सरकार बनाउन आह्वान हुन्छ । र, त्यसआधारमा ठूलो पार्टीको हैसियतले बनाउने कि बहुमत जसले पु¥याउँछ उसैको नेतृत्वमा सरकार बनाउने खेल हुने छ । तर, अहिलेसम्म कुन पार्टी ठूलो हुने र कसको पक्षमा बहुमत जुट्ने एकिन भएको छैन । तर, हरुवा मन्त्रीहरुले तर्पmबाट राज्यले एक महिना बराबर २३ करोडका दर क्षेति व्यहोर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *