दोलाखामा गुरुङको कारण सिवाकोटीको हार

समाचार

काठमाडौं । विगत लामो समयदेखि नेकपा एमालेले दोलाखा जिल्लाको निर्वाचनमा आफ्नो बर्चस्व कायम राख्दै आएको थियो । दोलाखामा २०५१ देखि एकछत्र राज गर्दै आएको एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा भने पराजित भएको थियो । त्यसपछिको निर्वाचनमा फेरि आफ्नो बर्चस्व कायम राख्न सफल भएको थियो । तर गत मंसिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा भने फेरि पराजय भोग्न वाध्य भएको छ । किन कि दोलाखाका तत्कालीन सञ्चारमन्त्री पार्वत गुरुङ र तत्कालीन पर्यटनमन्त्री आनन्द पोखरेलको द्वन्द्वले गर्दा नेकपा एमालेले हार खानुपरेको दोलाखावासीहरुको भनाइ छ । सम्पन्न संघ र प्रदेश निर्वाचनमा टिक वितरण हुँदा भएको असन्तुष्टिका कारण नै एमालेले हारेको स्थानीयवासीहरुको आरोप छ । किन कि तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलले पाउनुपर्ने टिकटमा तत्कालीन सञ्चारमन्त्री पार्वत गुरुङले भाँजो हालेपछि दुवै नेतालाई पार्टीले टिकट नदिएर तेस्रो नयाँ अनुहार बालकृष्ण सिवाकोटीलाई संघको टिकट दिएको थियो । तर, निर्वाचनको बेला सिवाकोटीलाई सहयोग गर्नुपर्नेमा भित्री रुपमा पार्वत गुरुङले उम्मेदवार सिवाकोटीलाई असहयोग गरेको एमाले दोलाखा कार्यकर्ताको आरोप छ । किन कि पार्वत गुरुङ सधैं आफू भए ठीक अरु भए बेठीक भन्ने सोच राख्ने व्यक्ति भएकाले नै एमालेले हार खानुपरेको बताइन्छ । उनी सञ्चारमन्त्री हुँदा जिल्लामा गर्नुपर्ने विकास निर्माण तथा पूर्वाधारका काम नगरी जातीय र भेगीय रुपमा आफ्नो दुनो सोझ्याउन लागिपरेका थिए । गुरुङ सञ्चारमन्त्री हुँदा अधिकांश दोलाखा जिल्लामा फाइबर जडान गर्ने भनेर कतिपय पत्रकारहरुलाई काठमाडांैको एक क्याफेमा लञ्च खुवाएर एक ठाउँमा पार्ने र मेरो बारेमा कुनै पनि पत्रकारले नकारात्मक समाचार नलेखुन भनेर प्रेस चौतारी नेपालका नेताहरुलाई समेत आफ्नो हातमा लिएका थिए । दोलाखावासी पत्रकारहरुलाई प्रेस संयोजक र प्रेस सल्लाहकार राखेर आफ्नो प्रचार गर्न लगाएका थिए । तर, त्यतिखेर दोलाखा जिल्लामा त्यो प्रचारले काम गरेन । किन कि उनी सञ्चारमन्त्री भएको बेलादेखि अहिलेसम्म उनीमा घमण्ड रहिरहेको छ । उनले आफ्नो चुनावी क्षेत्रमा राम्रो भूमिका खेल्न सकेका थिए भने बालकृष्ण सिवाकोटीले संघको निर्वाचनमा पराजय भोग्नुपर्ने थिएन । उनी पार्टी कामको लागि भनेर रातदिन कखिने र पार्टी कामको व्यवस्तताको कारण देखाएर संसद्मा छिर्दासमेत कुर्सीमा बसेर निदाउने सांसद्मा गनिन्थे । यसले के देखाउँछ भने उनी पार्टी संगठन र जनताप्रति उत्तरदायी छैनन् । खाली व्यक्तिगत स्वार्थ र जातीय धङ्धङ्गीमा रुमलिएका थिए भन्ने प्रष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *