कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

समाचार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएकोे हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन गरेको छ । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बस्ने भएको हो ।

बैठकमा चुनावी समीक्षा लगायत विविध विषयमा छलफल हुने बताइएको छ । सो बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुको समेत सहभागी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *