एमाले र माओवादीको झगडाले वामशक्ति पत्तासाफ

समाचार

काठमाडांंै । कुनै जमानामा क्रान्तिकारी पार्टी बनेर १७ हजार नहत्थाह सिधा, साधा नागरिकको विभत्स हत्या गरेर राजनीतिमा होमिएको माओवादी पार्टी अहिले २०७९ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्पm १८ सिटमा खुम्चिएको छ । जुन पार्टीले २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्पm १२० सिटमा विजयी भई सबैभन्दा ठूलो पार्टीमा दर्ज भएको थियो । सो पार्टीले देशको प्रधानमन्त्री पनि चलाएको थियो । तर, त्यसरी प्राप्त गरेको प्रधानमन्त्री पद तत्कालीन प्रधान सेनापति रुकमाङ्ग कटवाललाई चलाउँदा ९ महिनामा चट् भएको थियो । त्यसपछि विभिन्न तानाबाना रची फेरि प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल भएका थिए प्रचण्ड । २०६४ सालमा सबैभन्दा ठूलो पार्टी भएको माओवादी संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाको निर्वाचन हुँदा तेस्रो दलमा खुम्चिन पुगेको थियो । यसरी माओवादी तेस्रो, एमाले दोस्रो र कांग्रेस पहिलो दल भएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसका तत्कालीन सभापति शुशील कोइराला प्रधानमन्त्री भए । र, उनैको नेतृत्व र सबै दलको सहमचिमा नेपालको संविधान २०७२ जारी भयो । नेपालको संविधान २०७२ जारी भएपछि डा. बाबुरा भट्टराई संविधानसभाको सदस्य भएर संविधान जारी गरेपछि बाहिरिएका थिए । उक्त संविधानलाई भारतबाहेक अन्य मुलुकहरुले सहश्र स्वीकारेका थिए । तर, नेपालको छिमेकी मुलुक भारत भने सो संविधानप्रति असन्तुष्ट थियो । सोही विषयलाई लिएर नेपालका बामपन्थीहरुलाई हात लिएर कांग्रेसको सरकार विफल बनाइ वामघकटहरुको सरकार बनेको थियो । सो सरकारको नेतृत्व एकपा एमालेका अध्यक्ष केपी ओलीले गरेका थिए । सोही समेमयमा कांग्रेसका नेता शुशील कोइरालाको रिसले तराईवासी दलहरुलाई उचालेर भारतले नेपालमा नाकाबन्दी गरेको थियो । त्यो नाकाबन्दी गराउने ठेक्का तराइवासी नेता राजेन्द्र महत्तोले लिएका थिए । उनले नेपालको बोर्डर भन्दा पारि भारतीय सिमामा गएर तराईवासी नेताहरु उपेन्द्र यादव, महन्त ठाकुरलगायतका नेताहरुको सहयोग धर्ना कसेका थिए । उक्त नाकाबन्दीको विरोध नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेबापत उनी राष्ट्रवादी नेता कहलिन पुगेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले त्यो राष्ट्रवाद भँजाउँदै वामएकता गर्ने रणनीति अगाडि सारेका सारे । वामएकताको नेतृत्व तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गरेका थिए । वामदेवको रणनीति र ओलीको योजना अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर वामएकता गरी २०७४ सालको आमनिर्वाचनमा होमिए । उक्त निर्वाचनमा वामगठबन्धनको नाममा दुई तिहाई हाराहारी बहुमत प्राप्त गर्न सफल पनि भए । निर्वाचनमा सफल भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिली छुट्टै नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निर्णयका साथ अगाडि बढे । त्यसपछि एमाले र माओवादी बिलय गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो । त्यो पार्टी गठन भइसकेपछि केपी ओली र प्रचण्ड दुवै अध्यक्ष रहने घोषणा गरियो । त्यसपछि पार्टीको बैठकको अध्यक्षता आलोपालोमा गर्ने निर्णय समेत गरेका थिए । त्यसपछि प्रधानमन्त्री पनि आलोपालोकै सिस्टममा साढेदुई वर्षका दरले नेतृत्व गर्ने र पहिलो प्रधानमन्त्री चाहीं ठूलो दलको हिसावले केपी ओली रहने सहमति भएको थियो । तर, साढे दुई वर्ष नपुग्दै नवगठित नेकपाभित्र दुई अध्यक्षबीच द्वन्द्व सुरु भयो । यसरी नेकपाभित्रको उक्त द्वन्द्वलाई देशी, विदेशीहरुले खेलेर पार्टी नै विभाजनमा पु¥याइ दिए । त्यो विभाजन झाँगिँदै गएर दुवै पार्टी छिन्नभिन्न भयो । त्यो छिन्नभिन्नको कारणले गर्दा अहिले एमाले र माओवादी दुवै अन्य दलसँग गठबन्धनको सिकार बन्न पुगे । यसरी २०७४ सालको आमनिर्वाचनमा दुई तिहाई नजिक सिट जित्न सफल भएका वामपन्थीहरु २०७९ सालमा आएर भताभुङ्ग भएको छ । यसरी भताभुङ्ग भएपछि नेकपा एमाले प्रत्यक्ष तर्पm ४४ सिटमा खुम्चिन वाध्य भएको छ भने नेकपा माओवादी झनै साँघुरिएर १८ सिटमा सिमित भएको छ । तर, नेकपा एमाले समानुपातिक तर्फ ठूलो दल बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *