चुनाव सकियो, तनाव चर्कियो

समाचार

काठमाडौं । सत्ता गठबन्धनले १६ सिट दिँदा बिच्केका जसपाका उपेन्द्र यादवलाई सप्तरी २ बाट सिके राउतले चुनाव जितेर मधेस मुद्दाको हिरो आफु भएको प्रमाणित गरेका छन् । जनमत पार्टीले १ प्रत्यक्ष र प्रदेशमा ३ सिट हात लगाए पनि मधेस क्षेत्रका १२ सिटमा उम्मेद्वार बनाउँदा राष्ट्रिय पार्टी बन्ने भएको छ । । तर सत्ता गठबन्धनका एकीकृत समाजवादी १० सिट प्रत्यक्षमा जितेपनि राष्ट्रिय पार्टी बन्ने अवस्था रहेन । कांग्रेसले आन्तरिक अन्तर्घात भएको समीक्षा गरेको छ ।
एमाले जसपाभित्र मात्र होइन, माओवादी र समाजवादीमा पनि मतदाता बिचमा समन्वय नहुँदा मत ट्रान्सफर भएन भन्दै गुनासो पोख्नुको अर्थ छैन । कांग्रेसले जसपालाई सुनसरी, खोटाङ र उदयपुरतिर ढिम्कन दिएन भन्ने रिसले उपेन्द्रले एमाले रोजेका थिए । तर उनलाई त्यो गठबन्धन फलिफाप भएन । यसपटक ठूलो चोट माओवादीले खायो । एमालेसँगको गठबन्धनमा ५४ सिट जितेको पार्टी कांग्रेससँग मिल्दा १७ प्रत्यक्ष १८ समानुपातिक गरी ३५ जनामा खुम्चिनु प¥यो ।
माओवादीबाट फुटेका मोहन वैद्य, नेत्र विक्रम छँदै थिए, त्यसमा पनि एमालेका केपी ओलीले भात भान्सा चलाई दिने लोभले दाम फालेका रामबहादुर थापाको सांगठनिक वर्चश्व नभए पनि नाम थियो । लेखराज भट्ट सत्ता गठबन्धनबाट पराजित भए । तर टोपबहादुर रायमाझीका सामु कांग्रेसकी पुष्पा भुसाल कमजोर भइन । अहिले राष्ट्रिय पार्टी बनेपनि जसपामा फेरी उपेन्द्र यादवको फण्डा अशोक राईलाई संसदीय दलको नेता दिनेकी प्रदीप यादवलाई नै अगाडि सार्ने सम्भावना छ । माओवादीभित्र प्रचण्डको तमसा झन् चर्काे हुनेछ । वामपन्थी शक्तिको बिचमा केपी ओलीले चलाएको शासनले समन्वय गरेन । अहिले केपीलाई नै सत्ता चाहिएको छ । पहिलाको त्यो बहुमत भत्काउने केपी ओली आजको अवस्थामा तहसनहस भएको देख्ने नेताहरु उनकै छन् ।
उपेन्द्रले सत्ता गठबन्धन छोडेर एमालेतिर लाग्दा भोगेको टेन्सन केपी ओली आफैं राजाबनेर अरुलाई प्रजा ठान्दाको पिडाले ध्वस्त भएका हुन् । सरकार कसले बनाउँदा ठिक, कसले बनाउँदा बेठिक भन्दा पनि मुलुक भ्रष्टाचारहीहरुबाट मुक्त हुन सक्छ या सक्दैन भन्ने चिन्तन आम नागरिकमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *