सामाजिक सञ्जालले नेपाली समाजको धज्जी उडाउँदै

समाचार

काठमाडौं । अहिले नेपालमा सञ्चारमाध्यमको विकास भएको छ । विकाससँगै विनास पनि बढेर गएको छ । यतिखेर सञ्चारमाध्यमहरु राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक परम्परालाई थाती राख्दै सस्तोलोकप्रियतातिर उन्मुख भएको पाइन्छ । अहिले अधिकांश सञ्चारमाध्यमको नाममा सामाजिक सञ्चाल युटुब, फेसबुक, टिकटक, ट्वीटर जस्ता सामाजिक सञ्जालले नेपालीहरुको धज्जी उडाइरहेको छ ।

यी सामाजिक सञ्जालहरुलाई के नेपाल सरकारले स्वीकृति दिएर सञ्चालनमा आएका हुन् ? यदि सरकारले स्वीकृति दिएको छैन भने किन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मनपर्दी ढंगले नेपाली समाजलाई विकृति र विसंगतीतिर धकेल्दै छन् । यतिखेर सााजिक सञ्जालको नाममा टिकटक, युटुब र फेसबुकले भाइरल बन्ने नाममा मानिसका व्यक्तिगत, व्यवहारिक र नितान्त गोप्य कुराहरु बाहिर ल्याएर छताछुल्ला पार्ने काम भइरहेको छ ।

जसको माध्यमबाट आफ्नो भ्युज बढाउने र विदेशबाट डलर खेती गर्नेहरुको बिगबिगी बढेर गएको छ । यसले गर्दा नेपाली समाजमा भोलिका दिनमा कस्तो असर पर्छ भन्ने कुरा किन नेपाल सरकार र सम्बन्धित निकायले ध्यान दिएको छैन । अधिकांश नेपालीहरु यतिखेर आफ्नो काम र कर्तव्यलाई छाडेर टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको हल्का मनोरञ्जनमा रमाइरहेका छन् ।

यसरी रमाउनेमा के बुढा, के बुढी, के बालक, के तन्देरी सबैको ध्यान सामाजिक सञ्जालतिर तानिएको छ । यस्तो क्रियाकलापले नेपाली समाजमा ठूलो विकृति, विसंगति छाएको छ । कतिपय नेपालीहरुको फेसबुक र टिकटकले गर्दा काम बिग्रिएको छ, घरपरिवार गुमेको छ, रोजगारी गुमेको छ र घरबार उठिबाससमेत हुने गरेको देखिन्छ । त्यति मात्रै नभएर अधिकांश नेपालीहरुको आँखा र गर्धनमा समेत ठूलो असर पर्ने देखिन्छ ।

अहिले सामाजिक सञ्जालमा अस्लिल भिडियोदेखि आफूलाई जे मन लाग्यो त्यही पोष्ट गर्नाले आमनेपालीको मनमस्तिष्कदेखि पारिवारिक जीवनलाई समेत ठूलो क्षति हुने देखिन्छ । नेपाल सरकारले यस्ता कृविकृति र विसंगतिप्रति समयमै ध्यान नदिने हो भने भोलिका दिनमा नेपाली समाज कतातिर जाने हो यकिन छैन ।

उता राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृतिलाई जोगाउने र राजनीतिक दलभित्रको विकृति, विसंगतिलाई सही दिशातिर ल्याउन पहल गर्ने सञ्चारमाध्यमहरु राज्य र समाजबाट ओझेलमा परिरहेका छन् । जब ती सञ्चारमाध्यमले राज्यले तोकेको आचारसंहितालाई पालना गर्नुपरेको छ । समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरु राज्यले तोकेको नियम अनुसार राज्यसँग स्वीकृति लिएर दर्ता गरी सञ्चालन गरेका हुन्छन् ।

ती सञ्चारमाध्यमहरुले उजागर गरेको समाचारहरुलाई वाइपास गर्दै बिनास्वीकृति र दर्ता चलाइएका सामाजिक सञ्जालले मनलाग्दी र मनगढन्ते विचार सम्प्रेषण गरी समाजमा अफवा फैलाइरहँदा पनि राज्य भने मुकदर्शक बनेर बसेको छ । त्यस्ता सामाजिक सञ्जालमा राज्यका प्रतिष्ठित व्यक्तिहरुको गर्न हुने नहुने गालीगलौजदेखि अस्लिल शब्द, तस्वीर प्रयोग गरेर धज्जी उठाउँदासमेत राज्यका सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । बरु उल्टै राज्यका जिम्मेवार पदमा सासिन व्यक्तिहरुसमेत त्यसैमा मज्जा उडाइरहेका छन् ।(तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *