भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको बिजुक्छेको आरोप

राजनीति समाचार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले राजनीतिक रूपले पनि कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय दिल्लीबाटै निर्णय हुँदै आएको बताए ।

शनिबार भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भारतको छायामा मुलुकको कार्यपालिका र न्यायपालिकासमेत जकडिएकाले त्यस विरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताएका छन् । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रबाट बनाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

रासायनिक मल कारखाना देश भित्रै खोल्न आफ्नो पार्टीले पटक पटक दबाब दिए पनि मन्त्रीहरूले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको बिजुक्छेको भनाई थियो । उनले भने, ‘मलको कारखाना बनाउन भनेपछि मन्त्रीहरू थर्कमान हुन्छन्, इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका निम्ति इन्डियाले मान्नुपर्ने रु’

उद्योगधन्दाहरू बनाउनुको सट्टा इन्डियाको निर्देशनमा निजीकरण गर्ने गरिएको पनि उनको आरोप छ ।

अध्यक्ष बिजुक्छेले न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्नेमा न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ विषय धेरै जटिल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *