नेपाल प्रहरीभित्र डा. आरजु र मञ्जु खाँड आतंक

समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र विगत लामो समयदेखि भाँडभैलो मच्चिँदै आएको छ । अहिले संघ र प्रदेश निर्वाचन सकिएको अवस्था अवस्था छ भने उता गृहमन्त्रीले पनि चुनाव हारेका छन् । तर, गृहमन्त्री भने पदबाट राजीनामा नदिएर अझै मन्त्रालय सम्हालिरहेका छन् । उनकी श्रीमती मञ्जु खाँड र प्रधानमन्त्री पत्नी आरजु राणाबीच सुमधुरसम्बन्ध भएकै कारण अहिले प्रहरीभित्र खेल्ने गरेका छन् । चार एआईजी पनि खाली नै छ । यसमा पनि पैसाको बार्गेनिङ्ग चल्दै छ । अझ सरुवा बढुवाको लागि कतिपय प्रहरी वरिष्ठ अधिकृतहरु सरुवा र मालदार ठाउँमा जानको लागि गृहमन्त्री पत्नी मञ्जु खाँडमार्पmत कुराकानी भएर सो कुराकानीको आधारमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग साठगाँठ गरी प्रहरीभित्र बढुवादेख सरुवासम्मको चाजोपाजो मिलाउने काम गर्ने गरेको बताइन्छ । यी त एउटा साधारणा उदाहरणको पात्र मात्रै हुन् । कतिपय व्यक्तिहरु चोरी, डकैती, बलात्कारी, लालुपद्धार्थ ओसारपसार, पाकेटमारा इत्यादिको फन्दामा परी अधिकांश जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका व्यक्तिहरुसँग न्यूनतम ७ देखि १० लाखको हाराहारीमा रकम असुलेर छुटाउने गरेको कांग्रेसी कार्यकर्ताहरुले बताउने गरेका छन् । अहिलेको सरकार भनेको लाखको होइन, करोडको हो । प्रधानमन्त्री शेरबहादुर होइनन् उनकी पत्नी आरजु राणा हुन् भन्दै कांग्रेसहरुले बताउने गरेका छन् । आरजुले प्रहरी संगठन मात्रै नभएर भौतिक पूर्वाधार यातयात मन्त्रालयदेखि अन्य विकासका आयोजनाबाट समेत पैसा नभई कुनै पनि काम नहुने गरेको बताइन्छ । आगामी सरकार पनि नेपाली काग्रेंसका पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने र डा. आरजु मेडम नै हाबी हुने कांग्रेसीहरुले बताउने गरेका छन् । कतिपय कांग्रेसीहरुले भन्ने गरेका छन् जबसम्म प्रधानमन्त्री शेरबहादुर देउवा रहिरहनुहुन्छ तबसम्म देशले मुहार फेर्दैन । खाली पैसाको पोको मात्र हेर्छ भन्दै गुनासो गर्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *