आयल निगम डुबाउने खेलमा प्रमुख थानी र सञ्चालक समिति

समाचार

काठमाडांै । २०४६ सालपछि नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । प्रजातन्त्र स्थापना भएपछि अधिकांश सरकारी स्वामित्वमा रहेका संस्थानहरु बन्द हुँदै गएका छन् । त्यसरी बन्द हुनेमा साझा यातायात, ट्रली बस सेवा, शाही औषधि लिमिटेड, हिमालयन सिमेन्ट कारखाना, टिम्बर अफ कर्पोरेशन, नेशनल ट्रेडिङ्ग लिमिटेड, जनकपुर चुरोट कारखाना, हरिसिद्धि इँटा टाइल कारखाना, हेटौंडा कपना उद्योग, विराटनगर जुटमिल कारखाना, नेपाल तयारी पोशाक उद्योग संघ, बाँसबारी छाला जुत्ता कारखानालगायतका सरकारी स्वामित्वमा रहेका संस्थानहरु देशमा प्रजातन्त्र स्थापना भएदेखि गणतन्त्रसम्म आइपुग्दा प्रायः सबै बन्द भएका छन् । यी संघ, संस्थाहरु बन्द गराउन सहयोग पु¥याउने देशीविदेशी तत्वहरुदेखि लिएर नेपालका राजनीतिक दल र विचौलियाहरुको ठूलो हात छ । बाँकी केही सरकारी स्वामित्वमा रहेका संस्थानहरु पनि बन्द नगराउलान् भन्न सकिँदैन । त्यसको शिकार बन्नेमा अहिले सबैभन्दा चर्चामा रहेको छ नेपाल आयल निगम । यतिखेर नेपाल आयल निगमले इन्धनको भाउ घटाउनुपर्नेमा नघटाइएको छैन । विश्वबजार इन्धनको मूल्य घटेर आएको लामो समय भइसकेको छ । तर, नेपालमा भने पहिला बढेकै मूल्यमा नेपाल आयल निगमले इन्धन विक्रीवितरण गर्दै आएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि बढी मूल्यमा विक्रीवितरण गर्दा पनि निगम भने अझै ६० अर्ब घाटामा भनेर कोकोहोलो मच्चाइराखेको छ । अहिले आयल निगमको कार्यकारी निर्देशक उमेश थानी कार्यरत छन् । थानीले नेपाल आयल निगमलाई चलायमान बनाउने भन्दा पनि कसरी कमाउ धन्दामा परिणत गर्ने भनेर लागिपरेको देखिन्छ । थानीलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनको लागि तत्कालीन नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष भवानी थानीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भवानीले आफ्नो छोरालाई आयल निगमको कार्यकारी बनाउन विभिन्न राजनीतिक दलका शीर्षक नेताहरुलाई हारगुहार गरी आयल निगमको कार्यकारी निर्देशक बनाउन जोड बल गरेका थिए । नभन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा र भवानी थानीका भाइ हृदयराम थानीले आफ्नो भतिज उमेश थानीलाई आयल निगमको कार्यकारी निर्देशक बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए, नभन्दै बनाइ पनि हाले । त्यतिबेला आयल निगमको कार्यकारी निर्देशक बनाउन निगमको नियमावली नै परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । आयल निगमको सञ्चालक समितिमा बस्नको लागि अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले, नापतौल तथा गुणस्तर विभागका निर्देशक दिनानाथ मिश्र, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष महेश भट्टराई निगम सञ्चालक समितिको सदस्य रहेका छन् । यी सञ्चालक समितिका सदस्यहरु र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले निगमलाई डुबाउने अवस्थामा पु¥याउँदै छन् । किन कि आयल निगमको कार्यकारी निर्देशक हुनको लागि कम्तिमा पाँच वर्ष सरकारी संस्थानमा काम गरेको अनुभव हुनुपर्दछ । र, इन्जिनियरिङ्ग क्षेत्रमा ख्याति कमाएको व्यक्ति हुनुपर्छ । निर्देशक थानीमा त्यो योग्यता छैन । आवश्यक योग्यताबिना राजनीतिक सोर्सफोर्सको आधारमा बीचमा इन्जिनियरको शब्द घुसाएर अयोग्य व्यक्तिलाई निगमको कार्यकारी निर्देशक बनाइएको थियो । त्यो बेलामा उमेश थानीविरुद्ध अदालतमा कसैले रिट हालिदिएको भए उनी आयल निगमको कार्यकारी निर्देशक बन्न पाउने थिएनन् । तर, उनीविरुद्ध कसैले पनि उजुरबाजुर नगरेको कारण उनी आयल निगमको कार्यकारी निर्देशक बन्न सफल भए । तर, उनी निगमको कार्यकारी निर्देशक भए तापनि निगम सम्बन्धी कामको कुनै भूमिका सहज ढंगले निर्वाह गर्न सकेका छैनन् । निर्देश्क थानी भन्ने गर्दछन्, ‘मसँग नेपाल विद्युत प्राधिकरणमा काम गरेको अनुभव छ, मैले नेपाल इन्जिनियरिङ्ग परिषद्को सदस्य भएर पनि काम गरेको थिएँ, अब नेपाल आयल निगमलाई कस्तो बनाउनुपर्छ भन्ने मलाई राम्रो ज्ञान छ ।’ यस्ता गफ लगाउँदै हिड्ने गरेका थिए त्यतिबेला । तर, गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा उनका काका हृदयराम थानी संघको उम्मेदवार बनेपछि निगमको काम छोडेर आफ्ना काका जिताउन न्वारनदेखिको बल निकालेर सूर्खेत पुगेका थिए । आयल निगमको कार्यकारी निर्देशक भएपछि निगमको फेबरमा काम गर्ने भन्दा पनि आफ्ना काकालाई चुनाव जिताउन ट्याङ्कर व्यवसायी, ग्याँस उद्योगी, ग्याँस व्यवसायी, पेट्रोल पम्प, इन्धन वितरण विभागका कर्मचारी र विभिन्न प्रादेशिक डिपो प्रमुखहरुसँग चुनाव खर्चको नाममा ठूलो मात्रामा धनराशी जुटाएका थिए । यसरी जुटाएको पैसाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिताउ अभियानमा खर्च गर्न डा.आरजु देउवामार्फत परिचालन गरिएको थियो । यो गरेबापत अहिले उनीलाई फलिफाप पनि भइरहेको छ । किन भने उनले कांग्रेस सभापति देउवा र काका हृदयराम थामी जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेका थिए । उनीहरु दुवैले अहिले चुनाव पनि जितेका छन् । आफूले चुनाव जिताएका व्यक्तिहरु शक्तिकेन्द्रमा रहने भएपछि कार्यकारी निर्देशक थामीलाई हाइसन्चो भएको विश्वस्त स्रोतले बताएको छ । यसबारेमा तामाकोशी सन्देशका संवाददाताले जानकारी लिन मोबाइल नं. ९८५१०८९४४८ मा बारम्बार सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *