संघीयता विरोधी १६ सांसद

समाचार

काठमाडौं । गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताको समर्थक तर संघीयताको विरोधी नेकपा मसाल अहिले ढुक्क छ । नेकपा मसालकी दुर्गा पौडेलले गत निर्वाचनमा जित हासिल गरिनन् । जिल्लाको विकास निर्माणमा चासो नदिँदा यसपटक एमालेका सूर्य थापाले पौडेललाई पराजित गरे । एमालेका थापालाई कांग्रेसले साथ दिएको थियो । दुर्गाको लागि सत्ता गठबन्धनले सहयोग गरेन । तर अन्तर पार्टी कलहको कारण मसाल प्युठानमा पराजित भयो । बाग्लुङ २ बाट चित्रबहादुर केसीले जित हासिल गरे । सत्ता गठबन्धनको चासो छैन । कांग्रेस, माओवादी, नेकपा एकीकृत र लोसपा सत्तामा भागवण्डा मिलाउन हैरान छन् । उता मसाल भने एक सिट सांसदमै रमाएको छ ।
संघीयता नेपालको लागि बोझ भयो ५३० जनालाई पाल्दैमा राष्ट्रको आधा ढुकुटी सकिन्छ । त्यसको उपलब्धी देशमा छैन भन्ने मसाललाई सहयोग गर्नु अब भने राजनीतिक दृष्टिकोण नभएको हो । हल्लाकै भरमा संसदमा सात सिट प्रत्यक्ष समानुपातिकमा ७ सिट गरी १४ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी उपस्थित छ । संघीयता विरोधी उपस्थित भएका छन् । नेकपा मसाललाई मन्त्रीको पठाउने संवैधानिक पदमा को पठाउने भन्ने झन्झट् भएन । बरु यसपटक सदमा संघीयता विरोधीको आवाज चर्काे हुनेछ । रास्वपाले प्रदेशमा उम्मेद्वारी दिएन । मसाल भने संघीयताको विरोध गर्ने तर सांसदमा भने पाउने दल हो । भाउजुले चुनाव हार्दा पार्टीलाई भन्दा बयोवृद्ध नेता मोहन विक्रम सिंहलाई चोट प¥यो । पार्टीमा सिंहकै मात्र स्वार्थ जोडिँदा पटक पटक विद्रोह हुने गर्छ । यसपटकको विद्रोहले भाउजुलाई चुनाव हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *