भावी राष्ट्रपति र सरकार बनाउन दुवै दलबीच रस्साकस्सी

राजनीति समाचार

काठमाडौं । यतिबेला राजनीतिक दलभित्र र नेपाली जनतामा भावी राष्ट्रपति को हुने भन्न कौतुहलता बढिरहेको छ । अधिकांश राजनीतिक दलका नेताहरुले पनि त्यस विषयमा चासो देखाइरहेका छन् । यतिखेर राष्ट्रपतिको लागि राजनीतिक दलका नेतादेखि गैरराजनीतिक क्षेत्रबाट तत्कालीन प्रधान न्यायाधीशहरुको नामसमेत चर्चा आएको छ ।

यसरी चर्चा, परिचर्चा हुनेमा नेकपा माओवादी निकट पूर्व सभामुख अग्निप्रसाद सापकोटा, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एस पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवाश नेम्वाङलगायतको नाम चर्चामा आएका छन् । योसँगै नेपालको राजनीतिमा दुई छिमेकी मुलुक भारत र चीनले पनि नेपाली राजनीतिमा विशेष भूमिका खेल्ने गरेको पाइन्छ ।

यसैगरी गत संघ र प्रदेश निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म दक्षिणतिरका विशेष दूतहरु भावी सरकार र राष्ट्रपति को बन्छ भन्ने बारेमा गहिरो अध्ययन गरिराखेका छन् । केही भारतीय गुप्तचरहरुले पनि नेपालको राजनीति चासो राख्ने गरेका छन् । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १० गतेको लागि ठूलो दलको हैसियतले सरकार बनाउन आवश्यक बहुमत जुटाएर आउन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेसँगै दुई छिमेकी मुलुक भारत र चीनले नेपालको बारेमा भित्री रुपमा चासो राखेको पाइन्छ ।

नयाँ सरकार गठनसँगै भावी राष्ट्रपतिमा कुन पार्टी र कसलाई बनाउने भनेर अहिलेदेखि टिकाटिप्पणी हुनथालेको छ । नेपाली राजनीतिमा यतिखेर भावी राष्ट्रपतिको बारेमा टिकाटिप्पणी भइरहँदा अहिले राष्ट्रपतिको लागि गैरराजनीतिक क्षेत्रबाट पूर्व प्रधान न्यायाधीशहरु खिलराज रेग्मी र कल्याण तिमल्सिको नाम पनि चर्चामा आएको छ । यसरी पूर्व न्यायाधीशद्वयको नाम एकाएक राष्ट्रपति बन्ने चर्चामा आउनु भनेको राजनीति दल र जनताबाट कस्तो प्रतिक्रिया आउँदोरहेछ भनेर यो कार्ड फालेको देखिन्छ ।

यसरी गैरराजनीतिक वृत्तबाट कार्ड फालिए तापनि भावी राष्ट्रपतिको लागि राजनीतिक पार्टीको तर्फबाट चर्चामा आएकाहरु मध्येबाट प्रतिपक्ष दल नेकपा एमालेका पूर्व सभामुख सुवास नेम्वाङ्, नेकपा एस पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेताद्वय अग्निप्रसाद सापकोटा र नन्दबहादुर पुन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, त्यसैगरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमध्येबाट कुनै एक बन्ने सम्भावना रहेको छ ।

यसमध्ये नेपाली राजनीतिमा दुवै छिमेकीलाई मिलाउन सक्ने खुबी भएका नेता भनेर डा. बाबुराम भट्टराई भन्ने गरिन्छ । विशेष कुटनीतिक क्षेत्रदेखि राजनीतिक दल र सर्वसाधारण जनतामा समेत चर्चा चल्ने गरेको छ । यिनै नेतामध्येबाट राष्ट्रपति बन्ने सम्भावना बढी देखिन्छ । तर, सत्तागठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेले कसरी समिकरण मिलाएर सरकार र राष्ट्रपति बनाउछन् भन्ने बारे एकिन भने भइसकेको छैन ।

तर, माथि चर्चा गरिएका नाममध्ये एमाले नेता सुवाश नेम्वाङ, पूर्व प्रधानमन्त्री डा. बाबराम भट्टराई र पूर्व सभामुख अग्निप्रसाद सापकोटाहरुबाटै भावी राष्ट्रपति हुने सम्भावना बढी छ । अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले भावी सरकार र राष्ट्रपतिको लागि कसरी आफ्नो पोल्टामा ल्याउने भनेर कसरत गरिराखेका छन् । त्यसको लागि साना दल र स्वतन्त्रहरुलाई आफ्नो पक्षमा ल्याउन कांग्रेस र एमाले नेताहरु न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *