नयाँ सरकार बनेसँगै कर्मचारी संघ, संगठनभित्र खैलाबैला

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बन्दै गर्दा यतिखेर ब्यूरोक्रेसीभित्र पनि खुल्दुली मच्चिन थालेको छ । अधिकांश कर्मचारी संगसंगठनका नेताहरुदेखि उच्च निकायका कर्मचारी, सचिव, सहसचिव, उपसचिव, नासु, खरिदारसम्म सलबलाउन थालेका छन् । यता नेपाली कांग्रेस निकट कर्मचारी युनियनका नेतादेखि कांग्रेस पार्टी समर्थक कर्मचारीहरु अब हाम्रो सरकार बनेन पेलाइमा परिने भयो । कुन ठाउँमा लगेर जाक्छ हाटा गरेर हिड्ने गए भनेर मलिन अनुहार बनाउन थालेका छन् ।

ती कांग्रेस निकट कर्मचारीहरु अब हुलाक विभागतिर परिने हो कि रुकुम, रोल्पा, हुम्ला, जुम्ला जस्ता कमाइ नहुने ठाउँतिर परिने हो कि भन्दै चिच्याउन थालेका छन् । उतातिर वामपन्थी खेमाका नेकपा एमाले समर्थक कर्मचारी संगठनका नेताहरु आफ्नो सरकार आएपछि भुइमा न भाँडामा भएका छन् । यसैगरी नेकपा माओवादी केन्द्र समर्थक कर्मचारीहरु पनि खुसीले गदगद भएका छन् । किन कि आफ्नो पार्टीको प्रधानमन्त्री बनेपछि कर्मचारीको हकहितमा काम हुने र कर्मचारी ऐन पनि ल्याएर लागु गराउने र आफू र आफ्नो पार्टी निकट कर्मचारीहरुलाई मालदार ठाउँमा पठाउने, कर्मचारी संगठनहरुको शक्ति सञ्चय गर्ने, मालदार ठाउँमा पठाउन सकिने भएकोले पनि राष्ट्रिय कर्मचारी संगठन यतिखेर खुसीले गदगद भएको छ ।

त्यसैगरी नेकपा एमाले संगठनभित्रका कर्मचारी नेताले भन्दै छन्, ‘हाम्रो पार्टी त ठूलो छँदै छ, कर्मचारी संगठन पनि चलायमानै छ । अब अझ चलायमान बनाउँनुपर्छ भन्दै हिड्न थालेका छन् । नेपाल कर्मचारी संगठनका नेता, लेखनाथ कोइराला छेपारोले रंग फेरे भैंm एमाले पार्टीका नेता फेर्दै एमाले निकट कर्मचारी संगठनको अध्यक्ष भएपछि उनको त कुरै नरौ । किन कि उनी तत्कालीन माधव नेपाल खेमामा थिए । माधव नेपाल खेमामा भएर पनि विभिन्न ठूला–ठूला आयोजनाहरु लेखा प्रमुख भएर बसेका पनि थिए ।

अहिले त एमाले अध्यक्ष केपी ओली निकट भएर तर मारिराखेका छन् । त्यसकै आधारमा कर्मचारी संगठनका नेता पनि भएका छन् । उता रेवन्त गौतम तत्कालीन वामदेव खेमाका हुन् भने वामदेवले एमाले पार्टी छाडेपछि रेवन्त यतिखेर एमाले निकट कर्मचारी संगठनको उपाध्यक्ष भएर तर मारराखेका छन् । उनी सधैं पार्टी संगठनको मिटिङ र सेमिनार, गोष्ठी इत्यादि कामको लागि भन्दै देश दौडाहामा हिड्ने गरेका छन् । कर्मचारी सरुवा, बढुवामा लाग्ने गरेका छन् ।

श्रीमतीको जागिर छँदै छ आफ्ना बालबच्चाको रेखदेखका लागि हप्तामा एक दिन घर बस्ने गर्दछन् । त्यहीं पनि रेवन्त गौतमकी पत्नीको फुर्सद नहुँदा बच्चाको रेखदेखमा रहन्छन् । अन्य दिन कर्मचारीको हकहितको लागि भन्दै आफ्नो दुनो सोझ्याउने र खल्ती भर्ने काममा लिप्तछन् । यसैगरी राष्ट्रिय कर्मचारी संगठनका हरि अध्यक्ष हरि रावल लामो समयदेखि माओवादी कर्मचारी संगठनको अध्यक्ष भइरहँदा अन्य कर्मचारीहरुले भन्ने गरेका छन्, ‘सधै हरि रावल मात्रै कर्मचारी संगठनको अध्यक्ष भइरहने अरु कर्मचारी छैनन् अध्यक्ष हुने हैसियत राख्ने ? भनेर प्रश्न गरिराखेका छन् ।

उता नेपाल कांग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष गोपाल पोखरेल पनि अब हैसियत पनि गुम्ने भयो भनेर चिच्याउन थालेका छन् । गोपाल पोखरेल अर्थमन्त्रालयमा लामो समय बसेर अर्थमन्त्रालयको हालिमुहाली गर्दै आएका थिए । उनको पार्टी नेपाली कांग्रेस सत्ता बाहिर रहँदा गोपालको यतिखेर निद हराम भएको छ ।

किन कि उनले अर्थमन्त्रालयमा बसेर गरेको भ्रष्टाचार अर्को सरकारले छानविन ग¥यो भने उनी स्वतह भ्रष्टाचारमा मुछिने छन् र अख्तियारमा मुद्दासमेत पर्ने भएकोले यतिखेर अत्तालिन थालेको समाचार स्रोतले तामाकोशी सन्देशलाई बताएको छ । गोपाल पोखरेल नेपाली कांग्रेस निकट भएर दुई कार्यकाल कर्मचारी युनियनको अध्यक्ष भएपछि उनीले हुने नहुने कामदेखि सरुवा, बढुवामा ठूलो चलखेल गरेर आर्थिक लाभ लिएको र पार्टीलाई भित्री रुपमा चन्दा बटुलेर सहयोग गरेको आरोप गोपाल पोखरेलमाथि लागेको छ । (तामोकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *