प्रधानमन्त्री बस्ने ठाउँको साँचो कान्छी छोरीलाई

समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–परिवार सरकारी निवास बालुवाटारमा सर्दा उनकी कान्छी छोरी गंगा दाहालले चाबी बुझेकी छिन्। साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो ।

सरकारी अधिकारीले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डकी स्वकीय सचिवसमेत हुन् । चाबी लिने बेला ज्वाइँ जीवन आचार्य पनि सँगै थिए ।

त्यसपछि शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो छोरी दाहाललाई हस्तान्तरण गरेका हुन् । साँचो थाइल्याण्डबाट काठमाडौंको बजारमा बिक्रीका लागि ल्याइएको चाँदी रंगको भाँडोमा फूलसहित राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *