नाबालिग बलात्कार आरोपमा वडाध्यक्ष प्रहरीको फन्दामा

समाचार

निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ। जबरजस्ती करणीको आरोपमा प्रहरीले निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

१४ वर्षीया नाबालिकालाई जबरजस्ती करणीको आरोप लागेका श्रेष्ठ आइतबार राति ८ बजे आफैँ प्रहरीमा उपस्थित भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए। वडा अध्यक्षलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *