भाटभटेनले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता सेयर बिक्री गर्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं। भाट(भटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

भाटभटेनीले कुल ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्रीका लागि बैंकका लागि निवेदन दिएको हो। कम्पनीले प्रति कित्ता २०० रुपैयाँका दरले सेयर बिक्रि गर्ने जनाएको छ।

भाटभटेनीमा मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री घले गुरुङको पूर्ण स्वामित्त्व छ। कम्पनीमा मीनबहादुरको ६० प्रतिशत र उनकी पत्नीको ४० प्रतिशत सेयर होल्डिङ हो।

सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

आवेदन ३५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यलयमा लिखित निवेदन पेस गर्नु पर्नेछ। ३५ दिनभित्र विद्यमान संस्थापकहरुले सेयर खरिद गर्न इच्छा नदेखाए बैंकले अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्रीका लागि बाटो खुला गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *