एमालेभित्र दुई खराब पात्र

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीभन्दा कम नरहेका सूर्य थापा र गोकुल बास्कोटाले ओलीको आर्शिवाद पाउलान् ? दुईभन्दा फरक रहेका दयालबहादुर शाहीले पनि त्यही बाटो पछ्याएका छन् । बास्कोटाले माधव नेपाललाई पाखा लगाउन सकेमात्र प्रचण्ड र केपी ओलीलाई एक ठाँउमा ल्याउन सक्ने बताउँथे । समयले त्यस्तै चुनौती थप गरेको छ ।

कांग्रेसका ७९ वर्षीय वृद्ध नेता शेरबहादुर देउवाले कांग्रेसकै लागि गलत शैली अपनाउँदा वाम सरकार बन्यो । वाम सरकार समर्थक नागरिक उन्मुक्ति पार्टी र राप्रपाले सरकारमा नजाने निर्णय गरेको छ । दयालबहादुर शाहीले आफ्नो तर्कमा केपी ओलीलाई जोडेका छैनन् । शाहीले माधव र झलनाथबाट देश चल्न सक्दैन भन्ने तर्क गरिरहेका छन् । एमाले नेता महेश बस्नेतले शाहीको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट राजनीतिक नियुक्ति खोसिदिएका थिए ।

बाजुराका शाही केपी ओलीको गुणगान गाएरै सांसद हुन पाएका हुन् । यस्तै एमालेबाट सांसद बनेका सूर्य थापाले पनि प्रचण्डको नाम लिन चाहँदैनथे । शाहीले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो बन्द भयो भन्ने गर्दथे । तर सरकार बनाउन वामपन्थी एकताका लागि माओवादीका देव गुरुङ, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनः, एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, गोकुल बास्कोटाको दौडधुप दयालबहादुर शाहीलाई के थाहा ? शाही एक टेलिभिजन प्रस्तोतासँग भन्दै थिए कि एमालेले प्रचण्डलाई साथ दिएछ भने मेरो कान काटेर पातमा राख्छु ।

केपी ओलीले भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर विगतको गुन तिरेका छन् । प्रचण्ड प्रधानमन्त्री बन्नै नसक्ने भनेर दाबी गरिरहेका दयालबहादुर शाही र सूर्य थापा प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य भएका छन् । (तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *