माओवादी गोरखामा केन्द्रीत

राजनीति समाचार

काठमाडौं । परिवर्तन ल्याएको दाबी गर्ने नेकपा माओवादीको नेतृत्व अब गण्डकी प्रदेशको गोरखामा केन्द्रीत भएको छ । राजनीतिमा अस्थिर नेताको पहिचान बनाएका, ढुक्क निर्वाचन जित्ने अवस्था नहुँदा अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनमा टिक्न सकेनन् ।

आफ्नो जन्म भएको कास्कीमा पनि प्रचण्डले आँट गरेनन् । गोरखाका दुई क्षेत्र, रुकुम, रोल्पा, कालिकोट, सिन्धुली १, सोलु, खोटाङजस्ता जिल्लामा कमजोर संगठन भएको माओवादी केन्द्रको संसदीय दलका नेता प्रचण्ड र प्रमुख सचेतक पनि गोरखाकै भएका कारण सिंगो पार्टी नै केन्द्रीत भएको छ ।

नेता डा.बाबुराम भट्टराई पनि गोरखाकै हुन् । बाबुराम भट्टराई आफ्नै बुद्धिले पछि परेका छन् । संगठन नभएपनि माओवादी केन्द्रमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखाकै हुन् । श्रेष्ठले पार्टी सरकारमा जाँदा भाग खोज्ने गरेका छन् । तर यसपटक श्रेष्ठको टिमबाट एक जना मात्र समानुपातिक सांसद भएका छन् । माओवादीले संगठनको कार्यक्षेत्र भेगिय हिसाबले तोकेको छैन । त्यहीकारण संगठन बलियो भएको छैन ।
सत्य नेतत्वले स्वीकार नगर्नुको कारण माओवादीका अहंकारी नेताहरु हुन् । उनीहरु सबैतिर आफैं विज्ञ बन्दा पार्टीको पनि बद्नाम भएको छ । कुनै पनि काम तत्कालीन अवस्थालाई केन्द्रीकृत नगर्दा कम्युनिष्ट विचार कमजोर भएको छ । अहिले माओवादीका साथ पाएन भने कांग्रेसको केन्द्र र प्रदेश दुबैमा सरकार नेतृत्वको सम्भावना देखिँदैन । (तामाकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *