नयाँ पार्टीको पुरानै तामझाम

राजनीति समाचार

कुर्सी र पदको लडाईमा सत्ता
काठमाडौं । जनता र राष्ट्रभन्दा पद र कुर्सीकै मोहले सबै क्षेत्र ग्रसित भएको अवस्थामा सरकारले पूर्णता नपाउँदै मन्त्रीको संख्या दाबी गरेर जात्रा देखाएका छन् । पदकै निम्ति हुने लडाँईले जनताका समस्या आझेलमा पर्ने गरेका छन् ।

पार्टी विभाजित भएर फरक सिद्धान्त र शैलीमा अगाडि बढ्ने तयारी गरेपनि जनाधार कमजोर हुँदा राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीलाई एकतामा ल्याउन वामदेव अग्रसर छन् । तर एमाले अध्यक्ष केपी ओलीको विगतमा गल्ती भएकै हो भन्ने महसुस भएको संकेत चुनाव परिणामपछि पछिका गतिविधिले एकीकृत समाजवादीलाई एकतामा जाने बाध्यता आइपर्छ भन्ने विश्वास छ ।

ठूला तीन दल कांग्रेस, एमाले र माओवादीको गलत सोचका कारण आएका रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी पनि कुर्सी र पदकै लडाइँमा छन् । कानूनअनुरुप २५ जनाभन्दा बढी मन्त्री, राज्यमन्त्री बनाउन पाइँदैन । तर दाबी भने एमाले ११, माओवादी ७, रास्वपा ४, जनमत पार्टी ३, जसपा ३, राप्रपा ४ मन्त्रीको भाग खोज्दैछन् । तर मुलुकको अर्थतन्त्रको बिग्रँदो हालत बारे चासो छैन ।

बजार अनियन्त्रित छ, कलो बजार बढेको छ । प्रशासनमा षडयन्त्र चलिरहेको छ । राजनीतिक हस्तक्षेप बढेको छ । तर दलहरु कुर्सी र पदको लडाइँमा केन्द्रीत छ । राष्ट्रिय स्वार्थभन्दा पार्टी र नेताको स्वार्थमा देश रुमलिएको छ । यसले व्यवस्था माथि संकट ल्याउँछ । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *