टेलिकम सिध्याउने खेलमा कार्यकारी निर्देशक पौडेल

समाचार

काठमाडौं । पौडेलहरुको योजनामा दूरसंचार बिलिङ प्रणाली अपग्रेड, मल्टिब्यान्ड रेडियो उपकरण जडानमा चलखेल । नेपाल टेलिकम सञ्चालक समितिले २०७८ शालमा नै नयाँ बिलिंग प्रणालीको लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको थियो । यस अनुरुप ढिलामा पनि टेन्डर गरेर २०७९ भदौ भित्र नयाँ बिलिंग प्रणाली खरिद गरी पुरानो प्रणाली प्रतिस्थापन गरिसक्नुपर्नेमा त्यसको अवज्ञा गर्दै टेलिकमको हालका प्रबन्ध निर्देशक सुनिल पौडेलले पुरानो प्रणालीलाई नै अद्यावधिक (अपग्रेडट) गर्नतिर लागेको पाइएको छ ।

यसअघि जोडिएको बिलिङ सिस्टमको म्याद सकिइसकेकोले यसबाट १०० प्रतिशत नै विलिंग हुन् नसक्ने र चुहावट भइरहेको कुरा नेपाल टेलिकमका कर्मचारीको भनाइ छ । यसले टेलिकमलाई ठूलो नोक्सानीमा पारेको छ । यसको बदलामा १०० प्रतिशत बिलिङ क्षमताको बिलिंग प्रणाली जोड्नुपर्नेमा टेलिकमको पौडेल व्यवस्थापन भने नयाँ फेर्न पुग्ने बराबरको रकम खर्च गरेर पुरानैलाई ‘अप्रगेड’ गर्दै राजश्व गुमाई टेलिकम डुबाउन लागिपरेको छ ।

टेलिकममा हाल प्रयोग भइरहेको बिलिङ प्रणालीको सम्झौताको समयावधी सकिनुअघि नै नयाँ प्रणाली खरिद गर्ने वोर्डको निर्णय अनुरुप प्रक्रिया अघि बढाउन पर्नेमा सो नगरी दुषित मनसायले हाल सञ्चालित बिलिङ प्रणालीको अपग्रेडेसन तथा वार्षिक मर्मत सम्भार मात्रमा सीमित नभई ‘बिलिङ प्रणाली अद्यावधिक गर्न थप नयाँ सफ्टवेयर÷हार्डवेयर खरिद गर्ने सम्मको योजना रहेको स्रोत बताउँछ । त्यसमा करोडौं हिनामिना भएको देखिएको छ ।

‘नयाँ प्रणाली खरिद प्रक्रिया सम्पन्न भई जडान, स्थानान्तरण एवं प्रणाली गत एकीकरण हुने यथोचित समयसम्मका लागि मात्र हालको सेवालाई निरन्तरता हुने गरी व्यवस्था मिलाउनु पर्ने तथा सेवालाई निरन्तरता दिन आवश्यक रहेका सफ्टवेयर तथा हार्डवेयर मात्र अद्यावधिक गर्ने गरी लागत प्रभावी हुने गरी न्यूनतम मूल्यमा हालको प्रणालीलाई निरन्तरता दिन पर्नेमा सो को सट्टा किन ५÷६ बर्ष समय थप गर्ने प्रस्ताव लगियो छानविन गरी टेलिकम डुवाउने खेलमा संलग्न व्यक्तिहरुको उजागर गरी कारबाही गर्नुपर्दछ ।
यसै गरी बीटीएसमा हाल जडान भएर संचालनमा आइरहेको उपकरणलाई हटाएर मल्टिब्यान्ड रिमोट रेडियो युनिट राखी टूजी, थ्रीजी र फोरजीका लागि फरक–फरक रेडियो उपकरण जडान गरेकोमा यसको सट्टा मल्टिब्यान्ड रेडियो रिमोट रेडियो युनिटको अबधारणा ल्याइएको छ । यसरि हाल राम्ररी काम गरी रहेको प्रणाली फेरेर ठूलो खर्च गर्ने योजना सहित निज पौडेलले संचालक समितिमा पेश गर्नुले समेत यसको पछाडी ठुलै रकमको चलखेल भएको देख्न सकिन्छ ।
यो मल्टिब्यान्ड उपकरण खरिद गरेर चलाउँदा टेलिकम थप व्यवभार हुने पुराना बीटीएसमा जडान भएको एन्टिनाले काम नगर्ने र यसकालागि कम्पनीलाई करोडको व्ययभार थप हुन् गई गुणस्तर सुधारभन्दा पनि व्ययभार मात्रै बढाउने योजना रहेको जानकारहरुको भनाइ रहेको छ ।

देशभरका स्थानमा यो प्रणाली प्रतिस्थापन गर्दा करिव ८ अर्ब रुपैयाँ लाग्ने देखिएको यो कार्यहरु निज पौडेलको योजनामा ‘प्रोपराइटरी’ सम्मान अन्तर्गत खरिद गर्ने योजना रहेको देखिन्छ । प्रोपराइटीअन्तर्गत खरिद गर्नुको मुख्य उद्देश्य भनेको नै भेन्डरसँग कमिसनमा बार्गेनिग गर्नु हो भन्ने प्रस्ट देखिन्छ । हालको अवस्थामा प्रबन्ध निर्देशकले आफ्नो ध्यान प्रतिस्पर्धी कम्पनीको भन्दा बढी कमाईमा लगाउनुको साटो अनावश्यक उपकरण खरिद गर्न तर्फ लगाउनुले पनि निजको ध्यान कमिसन रहेकोमा प्रस्ट हुन्छ ।

यस अगाडी एनआईआईटीसीमा कार्यकारी नियुक्त पौडेलले यसअघि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पढाउँथे । विज्ञान विषयमा स्नातकोत्तर गरेका पौडेलले गत जेठ १३ गते सञ्चार मन्त्रालयले सूचना जारी गरे पश्चात मन्त्रालयका सचिवको अध्यक्षतामा बनाइएको छनौट समितिले छनौट गरी मन्त्रिपरिषद्बाट नियुक्त गरिएको यो क्षेत्रकै चर्तित व्यक्ति विकल पौडेलसँग जोडिएका व्यक्ति हुन् ।

विकल पौडेल र नेपाल टेलिकमका सुनिल पौडेल नजिकका नातेदार हुन् विकल पौडेल काँग्रेस नेता तथा पूर्वमन्त्री नारायण पौडेलका नातेदार हुन । नेपालको सेक्युरिटी प्रेस खरिद÷सुचना प्रविधि केन्द्रको खरिद÷राजश्वको स्टिकर छपाई ÷इम्बोस्ड नम्बर प्लेट छपाई लगायतका कार्यमा संलग्न पौडेल समूहको ठुलो चलखेल नेपाल टेलिकममा पनि घुसेको चर्चा चलेको छ । नेपाल टेलिकमलाई सिध्याउने खेलमा बिचौलिया लागिपरेका छन् । यसरी नेपालको संचार क्षेत्रलाई सिध्याउने खेलमा लागेका व्यक्तिहरुको छानबिन होला ? (तामाकोशी सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *