सांसदसँगको आशा

समाचार

२०७९ निर्वाचन वर्ष भयो । गएको वैसाखमा ७५३ वटा स्थानीय तहको निर्वाचन भयो । त्यतीवटै स्थानीय सरकार गठन भए । भर्खरै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका १६५ र समानुपातिक तर्फका ११० गरी २७५ जना सांसदहरु छनौट भैसके । यहि प्रक्रियाले ७ वटा प्रदेशले समेत नयाँ साँसद पाइसक्यो । एक संघीय सरकार वनिसक्यो । अवको केही दिनमा नैं ७ वटा प्रदेश सरकार गठन हुनेछन् । अनी संविधानले आंकलन गरेको ७६१ वटा सरकार बन्नेछ ।

संविधानतः सांसदहरुले सरकार वनाउने भन्ने गरिन्छ तथापी अहिलेसम्मको अभ्यास हेर्दा त्यो भूमिका खेल्न पाएको खासै भेटिन्न । केही सांसदका पनि नेताहरुले यसमा भूमिका खेल्दछन् । अर्थात यस कार्यमा दलको भूमिका प्रधान हुन्छ । जुन दलका वढि सांसद छन् त्यही दलको चुरीफुरी हुन्छ । सांसद एक्लैको यसमा ठुलो भूमिका देखिन्न ।
हामीले छानेका सांसदको मूख्य काम कानून वनाउने हो । हाम्रा सांसद व्यवस्थापिकामा जाने हो । व्यवस्थापिकाको काम ऐन वनाउने हो । कानून भन्नाले नियमावलीलाई पनि जनाउने गर्दछ तर नियमावली सांसदले वनाउने होइन । त्यो सरकार वा कार्यकारीले वनाउने चलन हुन्छ । संवैधानिक रुपमा अधिकार प्राप्त अन्य केही निकायहरु आफैले पनि वनाउन पाउने चलन छ । त्यसैले सांसदको मूख्य काम भनेको ऐन बनाउने हो ।

राज्यको तिन अंग मध्ये एक व्यवस्थापिका हो जसलाई संसद भन्ने गरिन्छ । अर्को कार्यपालिका हो, जस्लाई सरकार भन्ने गरिन्छ । त्यसै गरी न्यायपालिकालाई अर्को अंग भन्ने गरिन्छ । नेपालको कानूनी व्यवस्था अनुसार व्यवस्थापिका र कार्यपालिका चाहि गुजुल्टीएको छ । सांसदसँग ऐन वनाउने भूमिका पनि हुन्छ अनी त्यही साँसद मन्त्री वा प्रधानमन्त्री भयो भने ऐनको कार्यान्वयनकर्ता पनि हुन्छ । त्यसैले कतिपय वेलामा भूमिका जुधेर दुविधा भएको देखिन्छ । त्यसैले कहिलेकाँंही सरकारमा हुँदा कानून ठिक हुने सरकार वाहिर हुँदा त्यही कानून ठिक छैन भन्ने गरेको सुनेका नैं छौं ।

सांसदले ऐन वनाउने र सरकारले सो ऐन अनुसार राज्य संचालन गर्नु पर्ने हो । सांसदको प्रमुख काम भएका राम्रा ऐनलाई कार्यान्वयन गर भनी सरकारलाई निर्देशन दिने, नराम्रा ऐनलाई सच्याउने वा संशोधन गर्ने र नभएको ऐन वनाउने हो । साँसदको प्रमुख काम विकास निर्माण गर्नु होइन । सहायक काम हुन सक्ला । अर्थात विकास निर्माणमा समन्वयकारी भूमिका हुन सक्ला । सांसद भन्ने पद कार्यकारी पद हुँदै होइन । सांसदहरु मध्येबाटै कार्यकारी अर्थात मन्त्री पनि हुने हुँदा त्यो पदमा पुगे पछि चाँही प्रमुख काम विकास निर्माण हुन सक्छ । विकासलाई पनि पद्धतीगत वनाउने नीति तर्जुमा गर्ने काम सांसदको हो । यस्तो नीति तथा कानून वनोस कि जो आए पनि त्यसलाई कार्यान्वयन गर्नै परोस् ।

कुनै ऐन राम्रो वनाएर मात्र हुँदैन । राम्रोसँग वनाउनु पर्दछ । राम्रोसँग बनाउनु पर्दछ भन्नुको मतलब यसको प्रकृयामा ध्यान दिनु पर्दछ । कुन ऐन वनाउने हो वा शंसोधन गर्ने हो त्यसका प्रत्यक्ष अधिकारवालासँगको सहकार्यमा वनाउन आवश्यक हुन्छ । हरेक साँसदले आफुले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका नागरिक मतदाताहरुसँग प्रत्यक्ष परामर्श गरेर ऐनमा कानूनी प्रावधानहरु राख्न भूमिका खेल्नु पर्दछ । निर्वाचनमा मत माग्न जाँदा विकास निर्माणका वाचा गर्नु भएको होला तर ती वाचा मन्त्री वा प्रधानमन्त्री हुँदा मात्र पूरा गर्न सकिने हुन् । त्यसैले त्यो भूमिकामा पुगेर पनि गर्न सक्नु भएन भने तपाईको काम प्रती प्रश्न उठ्छ । नत्र साँसद मात्र रहनु भयो भने विकासका लागि समन्वयकारी भूमिका खेल्नुहोस् तर त्यो भन्दा पनि प्रधान कुरा ऐन बनाउँदा तपाइलाई मत दिएर पठाउने नागरिक मतदातासँग परामर्श गर्नुहोस् । कुन ऐनमा के व्यवस्था लेखौं भने सोध्नुहोस् । सरकारले तपाई संलग्न भएको संसदमा ऐन वनाउने विधेयक पेश गरेर तपाईलाई विजनेश दिन्छ । शव्द नैं ‘विजनेश’ भन्ने प्रयोग गरिन्छ । त्यो विजनेश तपाईलाई चुनेर पठाउने नागरिकलाई पनि दिनुहोस् । तपाई सांसद हुँदैमा सवै कुरा जान्ने हुनुहुन्न । कुनै जादुको छडी छैन त्यस्तो । सपथ खाँदैमा पूर्णता आउँदैन । यदी तपाईलाई नागरिकलाई भन्दा धेरै वढि थाहा भए पनि नागरिकलाई सोध्नु पर्दछ । किनकी तपाई ति नागरिकको गोठालो हो । सार्वभौम सम्पन्न नागरिक हुन् । त्यस्ता नागरिकलाई नसोधीकन तपाईले जतीसुकै राम्रो ऐन वनाउनु भए भने पनि प्रकृयागत त्रुटी नैं हुन्छ । प्रकृया कदापी नविर्सिनु होला । प्रकृया गलत तरिकावाट कुनै असल काम भएछ भने पनि त्यो राम्रो होइन । प्रकृया सहि थियो तर नतिजा गलत निस्केछ भने वरु आपत्तिको विषय नहुनसक्छ । शव्द अलि कडा होला तर ‘वलात्कारको प्रकृयावाट विश्व विजेता जन्मेछ भने पनि वलात्कारको प्रकृया कुनै पनि हालतले सहि हुनसक्दैन ।’ त्यसैले ऐन निर्माणमा पनि सहि प्रकृया आवश्यक पर्दछ । यसमा सांसदको भूमिका गहन हु्न्छ । अहिलेसम्मको ऐन वनाउने प्रकृया हेर्नु हुन्छ भने अधिकांशमा नागरिकको भूमिकालाई नजरअन्दाज नैं गरिएको छ ।

सांसदसँग राज्यको सुविधा अन्तरगत सानो सचिवालय रहने व्यवस्था पक्कै हुने छ । अथवा तपाईले त्यो व्यवस्थापन गर्न सक्नु हुने छ । त्यो मार्फत ऐन निर्माणमा नागरिकहरुसँग परामर्श गर्नु सान्दर्भिक हुन्छ । तपाईलाई निर्वाचनमा सहयोग गर्ने वा खट्नेहरुको सहयोग पनि लिन सक्नु हुनेछ । सिद्धान्तत हरेक सांसदहरुले नागरिकहरुसँग परामर्श गरेर नैं विधेयक माथिको छलफलमा भाग लिनु पर्ने हो तर विगतमा साँसद आफ्नै क्षमता वा वुद्धी प्रयोग गरेर छलफलमा सहभागी हुने गरेको पाइन्छ । अवका सांसदले त्यो गल्ती दोहो¥याउनु हुन्न । नागरिकहरुसँग नियमित परामर्श गर्नुहोला । तपाईको यो प्रयासले नागरिकहरुलाई कानून वनाउने क्रममा संलग्नता हुने वानी पर्दछ, क्षमता विकास हुन्छ, कानून प्रति अपनत्व हुन्छ । अनी त्यस्ता कार्यान्वयनमा पनि सजिलै आउँछन् । धेरैलाई थाहा नभएको र नमानेको ऐन कुनै पनि हालतमा राम्रो मान्न सकिन्न । त्यसमा तपाई सांसदको भूमिका देख्न चाहान्छौं यसो गर्नु भयो भने तपाई सांसद नागरिक प्रति जवाफदेही भएको सन्देश जान्छ । यस मार्गमा कार्यकाल सफल रहोस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *