चार एआईजी खाली

राजनीति समाचार

काठमाडौं । ६ महिनादेखि नेपाल प्रहरीको चार एआईजी खाली छन् । तर जाने बेलामा कांग्रेसका भ्रष्टहरुले ठूलो पैसा बटुल्दा ३० वर्षे सेवा हदमा पर्ने असर डीआईजीलाई मात्र पर्दैन । काठमाडौंमै बद्नामी कमाएका अशोक सिंहसमेत अहिले अप्ठेरोमा छन् । ठूलो भाग खोज्दै नलप्रसाद, अब्दल रहस खाँ र आचार्य थरका एआईजीले भ्रष्टाचार गरेकै छन् । उनीहरुलाई लुटनकै लागि छुट छ ।

प्रधानमन्त्रीबाट जाने बेलामा शेरबहादुरको किचन क्याबिनेटले विवादास्पद डीआईजी सिंहलाई उचालेको कुरा आईजीपी धिरजले रुचाएका थिएनन् । ३० वर्षे सेवा हद हटाउन ठूलो चलखेल भयो । सरकारलाई कुनै चासो छैन । किनकि तालिम केन्द्र, उपत्यका प्रहरी, प्रदेश विभाग, अपराध अनुसन्धानमा एआइजी पद खाली छन् । त्यो ठाउँ चैत ११ सम्म खाली राख्ने कि तत्काल पुरा गर्ने गृहमन्त्री रवि लामिछनेलाई मतलव छैन । रवि आफैं प्रहरीको अनुसनधानमा परेका पात्र हुन् । शान्ति सुरक्षाको मामिलामा प्रहरी सचेत हुनुपर्छ ।

विगतमा बालुवाटारको आरनमा खारिन पुगेका बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापालाई बाइपास गर्न अशोक सिंहलाई अगाडि सारेकै कारण ती पद खाली भएका छन् । एसएसपी हुँदा चेक काण्डमा मुछिएका सिंहलाई डा.आरजु देउवाको साथ थियो ।

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडले समेत मौनता देखाएका थिए । अहिले नेपाल प्रहरीमा क्षमता र दक्षतालाई मूल्यांकन नगर्दा कांग्रेसले प्रहरी संगठनलाई नै कमजोर बनाएको छ । र, अहिले गृहमन्त्री रविले सुधार गर्लान् भन्ने पनि छैन । (तामाकोशी सिन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *