उपप्रधानमन्त्री नारायणकाजी किन असन्तुष्ट ?

राजनीति समाचार

काठमाडौं । कम्बल ओढेर घ्यू खान पल्केका नारायणकाजी श्रेष्ठले पाएको उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा माखो नमार्ने देखिएको छ । श्रेष्ठकै पछि लागेर सत्ता र शक्तिमा रमाउन खोजेका गिरिराजमणि पोखरेल आफ्नै घमण्डका कारण एमालेका सांसद जगदीश कुसियतबाट महोत्तरी १ मा हार बेहोरेका छन् ।

पोखरेल र मात्रिका यादवको झगडाले मधेसमा माओवादी सखाप भयो । प्रभु साह एमालेमा जानुको कारण पनि त्यही थियो । पोखरेल नारायणकाजीको पछि लागेर जनयुद्धको फल खान आइपुगेका व्यक्ति हुन् । यी दुबैको अविवाहित जालो भनेको एकता केन्द्रमा छँदा भएको सात टाँका लगानुपर्ने युगान्तकारी कुटपिट पनि हो । तर आदर्शका कुरा दुबैले गर्छन । सरकारमा पुगेपछि कम्बल ओढेर घुस बटुल्न स्वीकय सचिव बनाएर सुनिल खडका, कमल गिरी, एनके दाहालसम्मलाई प्रयोग गर्ने गरेको स्रोत बताउँछ ।

यसपटक काजीले मन्त्रिमण्डलमा वरियताको विषय उठाएर रमिता देखाएका छन् । पार्टी अध्यक्ष प्रधानमन्त्री बनेका छन् । ठूलो पार्टीको हैसियतले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय हाँक्दैछन् । नारायणकाजी वरियतामा तेस्रो भएकोमा रुवाबासी गर्दैछन् । चित्त नबुझे काजीले मन्त्री मात्रहोइन, पार्टी छाडेर माधव नेपालको पार्टीमा गए ठाउँ छ । कतै नगए गोदावरी रिसोर्टतिर घुस्ने गाउँ छ । ठूलो पार्टीको नाताले सरकारको नेतृत्व पौडेलले गर्दा काजीको के रिस ।

माओवादीभित्र आदर्शका नेता नै छैनन् । जति छन्, कोही इयूका र रअका एजेन्ट नारायणकाजीको टोलीमा गिरिाजमणिजस्ता छन् । संगठन बनाउनेभन्दा भत्काउने काममा व्यस्त हुन्छन् । जसले आफनै पार्टीका स्व.नेता कमानसिंह लामाको करोडौं पचाए । त्यो कुरा व्यापक भएकै हो । माओवादीमा त्यो विषयले प्रवेश पाएकै थियो ।

संगठनको रुपमा नारायणकाजी समूह ध्वस्त भएको छ । लिलामणि पोखरेललाई बाइपास गरेर आफैंजस्तो अविवाहित गिरिराजमणिलाई रोजेका काजीको चाल यो मन्त्रिमण्डल विस्तारपछि देख्नेलाई लाज भएको छ । किनकि उनी बार्गेनिङ शिरोमणि हुन् । सडकका सुई र डीई घरमै धाउन्, पद जोगाउन मनसाय राखेका छन् । भ्रष्टाचार गर्दिन पनि भनेकै छन् । प्रधानमन्त्रीलाई नै घुक्र्याएका छन् ।

सत्ता गठबन्धनमा रमिता देखाएका छन् । कतै काजीले गृह तथा उपप्रधानमन्त्री बनेका रवि लामिछानेको एकाएक प्राप्त पद देखेर, विष्णु पौडेल अगाडि सारेर मजाक गरेका त होइनन ? किनकी उनी पार्टी सत्तामा पुग्दा हरेक पटक भाग खोज्ने नेता हुन् । यसपटक नारायणकाजीको टिमलाई मन्त्री दिनु नै सत्ता गठबन्धनका अध्यक्षद्वयको गल्ती हो । समाजवादी, एमाले, माओवादी एक हुने हो भने काजी जस्ता नेतालाई त्यागे पनि हुन्छ । नारायणकाजीका लागि त नेकपा मसाल बाँकी छँदैछ । (तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *