अरुले उचाल्दा थचक्क ?

राजनीति समाचार

काठमााडौं । उता नेकपा एकीकृत समाजवादीको टिम एमालेसँगको गठबन्धनमा छुट्यो । कांग्रेस र माओवादीका बिचमा पावर सेयरिङ कुरा मिलेको थिएन । आफ्ना कप र कचौराले उचाल्दा शेरबहादुरलाई संसार नै मेरो पक्षमा छ भन्ने थियो । तर उनले चुनाव परिणाम आउँदै गर्दादेखि नै प्रधानमन्त्री पद प्रचण्डलाई छाड्ने, कांग्रेसले राष्ट्रपति लिने, रामचन्द्रलाई राष्ट्रपति बनाउने बताएका थ्एि । पौडेल पनि मख्ख थिए ।

तर कुरा रात रहे अग्राख पलाए सरह भयो । डा.आरजु राणा, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, डा.प्रकाशशरण महतहरु बेलुका बोत्तलको तालमा भन्ने गर्थे, कुनै हालतमा प्रधानमन्त्री छाड्नुहुँदैन र राष्ट्रपति पनि आफैले राख्नुपर्छ । ८९ सांसद भएको नेपाली कांग्रेसले ३२ सिट भएको माओवादीलाई कसरी प्रधानमन्त्री दिन मिल्छ ? यो बोत्तल र कचौराको तर्क यत्ति हो ।

तर शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्ण सिटौलाको टोली राखेर प्रचण्डसँग कुरा गर्दा प्रधानमन्त्री सुम्पने बताएको कुरा कचौराहरुले वास्ता गरेनन् । पूर्णबहादुरले त्यो स्मरण गराउँदा मा.मु. भन्ने खाँड र प्रकाशशरण अहिले मस्त निद्रामा परेका छन् ।

आफ्नै घरको फोहरको पैसा नतिरेर आफ्नैबाट अर्काको जग्गातर्फ फोहोर फयाक्ने पिएचडीधारी डा.प्रकाशशरण टोलमा समेत अपच्य भएपछि धापासीका जनताले बहिष्कार गरेका छन् । समाजमा बसेर सामाजिक प्राणी बन्न नसक्नेलाई कांग्रेसले प्रवक्ता बनाउन पनि पार्टी ओरालो लाग्नु हो । नचाहिने गफ र बोत्तलको तर्कमा चम्चामार्फत माधव नेपाललाई राष्ट्रपति दिने कुरा पनि आयो ।

त्यो प्रस्तावले माधव नेपाललाई खुसी बनाएको थियो । अहिले कांग्रेसीहरुको फरक फरक प्रतिक्रिया आएका छन् । देउवाको टिम तहसनहस भएको छ । डा. शेखर कोइरालाको पनि मनमनै खुसी देखिएका छन् । गगन थापा र विश्व प्रकाशको तर्कमा कांग्रेस नचल्ने कुरा सबैले बुझ्दछन् । राष्ट्रपति माधवले पाए पार्टी भीम रावललाई सुम्पने माधव नेपालको दाउ थियो । तर त्यो केवल सम्झनामा सीमित भयो ।

अहिले केपी ओलीले वामदेवलाई खटाएर बृहत वाम एकताको प्रस्ताव गर्दा कसैले खबर गरेकै छैन भन्दैछन् । कुरा गहन हुँदै जान्छ, एकीकृत समाजवादी पनि मोर्चामा जोडिने सम्भावना बढेर गएको छ । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *