गृहमन्त्री रवि लामिछानेको अनेक फण्डा

समाचार

काठमाडौं । पार्टी खोलेको ६ महिनामै फण्डावाल रवि लामिछाने गृहमन्त्री बन्न सफल भए । अहिले उनी हरेक दिनजसो केही न केही फण्डा गरिरहेकै छन् । सुरक्षा सल्लाहकारमा म्यानपावर व्यवसायीलाई भित्राएर आलोचित बनेका उनै रविले अर्काे फण्डा गरे कार्यविधिविपरीत पूर्वविशिष्टलाई उपलब्ध गराएको सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्ने ।

पूर्वराष्ट्रपतिले आजीवन २१ सैनिक र दुई प्रहरी, पूर्वराजाले आजीवन १६ सशस्त्र प्रहरी र दुई नेपाल प्रहरी, पूर्वउपराष्ट्रपतिले आजीवन ११ सशस्त्र प्रहरी र दुई नेपाल प्रहरी, पूर्वप्रधानमन्त्रीले १५ सशस्त्र प्रहरी र दुई प्रहरी तथा पूर्वसेनापतिले ६ सैनिक पिएसओ राख्न पाउने उल्लेख छ । पूवैआइजिपीले ५ जना प्रहरी ४ वर्ष र २ जना अधिकृत आजीवन, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुखले दुई सशस्त्र प्रहरी ४ वर्ष र एक प्रहरी आजीवन, पूर्वप्रधानन्यायाधीशले ६ सशस्त्र प्रहरी र दुई प्रहरी पाँच वर्ष तथा दुई प्रहरी आजीवन पाउँछन् । पूर्वसभामुख, राष्ट्रियसभा पूर्वअध्यक्ष, पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वरक्षामन्त्री, पूर्वमन्त्री, पूर्वमुख्यसचिव, पूर्वगृहसचिवलगायतलाई पनि दुई वर्षदेखि १० वर्षसम्म सुरक्षाकर्मी पाउँदै आएका छन् ।

कार्यविधि विपरित सुरक्षाकर्मी सुविधा लिने प्रशष्त छन् । जस्तो टिम्बर कर्पाेरेसनका पूर्व कर्मचारी तथा विचौलियाका रुपमा परिचित रामचन्द्र भट्टले यस्तो सुविधा लिइरहेका छन् । गगन थापाको पोल्टाका पत्रकार,अहिलेका काँग्रेसी नेता अजयबाबु शिवाकोटीका लागि समेत सुरक्षाकर्मी खटाइएको छ । अन्य विशिष्ठको सुरक्षाकर्मी खोस्ने निर्णय गरेका गृहमन्त्रीले निर्णयको मसी सुक्न नपाउँदै आफ्नो ससुराका पार्टीका नेता पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको सुरक्षार्थ एक हवल्दार हालैमात्र खटाइएको भेटिएको छ ।

उता माधव नेपाललाई तनाव थपिएको आफ्नै पार्टीका एक नेताका कारण । उनको पार्टीमा डा विजय पौडेल । उनी साहित्यकार तथा पूर्व मन्त्री मोदनाथ प्राश्रितका पुत्र । जनता टेलिभिजनका सञ्चालक पनि । तर उनै पौडेलले माइलस्टोन सहकारीका नाममा सयौं सरकारी कर्मचारीले खाइ नखाइ दुखजिलो गरेर राखेको बचत रकम फिर्ता नगरेपछि अहिले माधव नेपाल कहाँ दैनिक एक दर्जनमाथि कर्मचारी यही समस्या बोकेर पुग्ने गरेको बताइएको छ । तामाकोशीबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *