सिजी नेटद्वारा पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

अर्थ/वाणिज्य समाचार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक,सिजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत,कम्पनीले एक हजार ४९ रूपैयाँमा २५० एमबीपीएस इन्टरनेट र एक हजार १५४ रूपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ,जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि २ हजार ५०० रूपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *