कम्युनिष्ट शब्द सुन्नै नचाहने दुई नेता

समाचार

काठमाडौं । कम्युनिष्ट पार्टीले श्रम गर्न सिकायो, सम्मान दियो, ठाउँ पायो, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री भएर गाडी चढ्न पाए, झण्डा हल्लाए, बालुवाटार र सिंहदरबार धाएकै छन् । तर अहिले आएर डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले कम्युनिष्ट शब्द सुन्नै चाहँदैनन् र समाजवाद भन्दै हिँड्न थालेका छन् ।
देशमा गरिबी, भ्रष्टाचार र अशिक्षाले मात्र नभई चरम बेथितीको चाङले पनि जनता मर्कामा परेका छन् । आफ्नै देशमा नागरिक बन्न नसकेका नेपाली जनताका सेवकभन्दा पनि शासक बनेका डा.बाबुराम भट्टराई प्रधानमन्त्री त भउका थिए, तर आँफुबाहेक कोही देख्न सकेनन् । भट्टराई प्रधानमन्त्री भएको बेला समृद्धि र विकासको काम गर्न कांग्रेस र एमालेले दिएनन् भनेर गुनासो गर्दथे । उपेन्द्र यादवले त कामको मेलोमेसो नै पाएनन् ।
माओवादीबाट एमाले प्रवेश गरी पुनः स्वतन्त्र उम्मेद्वार बनेर रौतहटबाट चुनाव जितेका प्रभु साह आमआद्मी जनता पार्टी बनाएर नेकपाहरुबिच एकता भए आफु पनि एकता गर्ने भनेका छन् । तर डा.बाबुराम र उपेन्द्रलाई कम्युनिष्ट शब्दप्रति नै वितृष्णा हुन थालेको छ । वामपन्थी एकता आजको आवश्यकता हो । नेताहरु पदको लागि लोभ र सत्ताको लागि भोगी बनिरहेका छन् । त्यसमा पनि सरकारका लागि षड्यन्त्र र जालझेल गरेकै छन् । कम्युनिष्टले पार्टीले जसरी पनि सत्ता हासिल गर्नुपर्छ भनेर लागिपरेका थिए । त्यसैकारण पनि उपेन्द्र यादव र बाबुराम भट्टराईलाई कम्युनिष्ट शब्दप्रति नै वितृष्णा आएको हो । बाबुराम र उपेन्द्र यसपटक सांसद बन्ने मौका पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *