राष्ट्रपति बन्ने सपना चकनाचुर

समाचार

काठमाडौं । पार्टीले समयअनुकुल निर्णय गरी परिस्थितिलाई मध्यनजर गर्दै सत्ता सम्हाल्ने प्रयास गर्ला भन्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको चतुर सल्लाहकार र लोकतन्त्रमा पनि राणा शासनकै झल्को दिएकी देउवापत्नी डा.आरजु राणाले ८९ सिट भएको नेपाली कांग्रेसलाई ध्वस्त बनाएका छन् । यसको पीडा अहिले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोग्नुपरेको छ । रामचन्द्र पौडेलले कांग्रेस सरकारमा गएमा राष्ट्रपति बन्ने इच्छा गरेका थिए र राष्ट्रपति बन्ने सम्भावना निश्चित पनि भइसकेको थियो ।
सरकारको सबै सेवा सुविधा पाइने, जीवित रहुञ्जेल मासिक १ लाख ५५ हजार राज्यकोषबाट पाइने राष्ट्रपति पद अन्ततः पौडेलले गुमाउँदा कांग्रेसका अभागी नेता साबित भएका छन् । डा.शेखर कोइराला, महामन्त्री गगन थापा, विमलेन्द्र निधि जस्ताले सभापति देउवालाई उचाल्दा आफ्नो पद गुमेको नेता पौडेललाई प्रष्ट नै छ । २०७४ सालको निर्वाचनमा कांग्रेसको गढ मानिएको तनहुँमा नेपाली कांग्रेस निल भएको थियो ।

तर यसपटक माओवादीले साथ दियो । रामचन्द्र पौडेल सांसद बन्न त सफल भए तर राष्ट्रपति बन्ने सपना चकनाचुर भयो । त्यो अवसर अब पौडेलले कहिल्यै पनि नपाउने देखिन्छ । देशको हितभन्दा मित्रराष्ट्रको गीत गाउनुलाई प्रजातान्त्रिक अभ्यास ठान्ने कांग्रेस नेता विमलेन्द्र निधिले समेत प्रत्यक्षमा निर्वाचन लड्ने आँट गरेनन् । डा.प्रकाशशरण महत, डा.आरजु देउवाजस्ता खराब व्यक्तिलाई समानुपातिकमा खस आर्य, महिला र मधेसी कोटामा राखेर सांसद बनाउँदा कांग्रेसले पार्टीलाई जोखिममा पारेकै हो । पूर्वगृह तथा उपप्रधानमन्त्री बनिसकेका रामचन्द्र यसपटक भने अभागी बन्न पुगे । सभामुख भएको नेता मन्त्री बन्दैनन् । तर रामचन्द्र शान्ति मन्त्री भए । श्रीमतीलाई माओवादी पीडित भनेर ३ लाख ५० हजार दिलाएका पनि थिए । जबकी पौडेलकी श्रीमती राजनीतिमा सक्रिय नै थिइनन् । कांग्रेसको आगामी पुस २८ गते सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा भाँडभैलो हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *