‘बैंकिङ फ्रड’मा सिआईबी मूकदर्शक

समाचार

काठमाडौं । पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्रमा नै तहल्का मच्चाउने दर्जनौं ‘बैंकिङ फ्रड’का घटनाहरू सार्वजनिक भएका छन् । बैंकका कर्मचारी,सिइओ,नेपाल प्रहरीदेखि नेपाल राष्ट्रबैंकसम्म कनेक्सन मिलाएर यस्ता फ्रड हुने गरेको भन्दै सिआइबीमा उजुरी पर्ने क्रमले तिव्रता पाएको छ ।
राजश्व छलीजस्तो गम्भीर अपराधको मुद्धामा नेपाल इन्भेष्टमेन्ट बैंकका १६ जना उच्च पदस्थ कर्मचारीहरुसँग बयान सिद्धिएर बैंक क्षेत्रमा तहल्का मच्चाएको घटना सेलाउन नपाउँदै बैंकिङ क्षेत्र नै तरंगित हुने गरी बैकिङ फ्रडको गम्भीर घटना सार्वजनिक भएको छ । यो फ्रडमा अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले प्रहरीको केन्द्रिय अनुसन्धान विभागलाई गुहारेको छ । ठूला सात वटा फाइल नै वालुवाटारले सिआइबीको केन्द्रीय कार्यालयमा पठाएर सुक्ष्म रुपमा अनुसन्धान गर्नका लागि सहयोग मागेको छ । नेपाल राष्ट्र बैंकस्रोतका अनुसार झण्डै ९ अर्ब फ्रडको अहिले चार वटा ठूला वाणिज्य बैंक मुछिएका छन् ।
बैंकिङ फ्रड भनेको कर्मचारी,सिइओसम्मको कनेक्सनमा हुँदै आएको भेटिन्छ ।जस्तो कुनै समय नेपाली कांग्रेस भित्रको ‘पावर ब्रोकर’ भनेर चिनिने पुर्व प्रधानमन्त्री स्व सुशील कोइरालाकी निकट नेत्री मृदुला कोइराला राष्ट्रबैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको शक्ति प्रयोग गर्दै काभ्रेका टेकनाथ हुमागाईंको घर र जग्गा नै कब्जा जमाइदिइन । उनले दुःखमा कमाएको र अप्ठेरोमा बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा लिलामी सूचना प्रकाशित गरी लिलाम खुल्ने अघिल्लै दिन घरजग्गा मृदुलाको नाममा पास गरिदिएको थियो । सिभिल बैंकले फ्रड गरी टेकनाथको घर राजनीतिक दलसँग नजिक भएको व्यक्तिलाई सुम्पिदिएको थियो । यस्तै गत बर्ष अर्को फण्डा पनि मच्चियो । कुमारी बैंकको,उसको फ्रड पनि डरलाग्दो थियो । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणले कुमारी बैंकलाई मात्रै होइन अन्य बैंक तथा वित्तीय संस्थालाई पनि निकै झस्काइदियो । त्यसभन्दा अघि महालक्ष्मी विकास बैंकमा राखेको सक्कली सुन नै नक्कली बनाइदिए त्यहाँका कर्मचारीहरुले । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको सुन नक्कली बनाइदिएको भन्दै ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले राखेको २५ तोला सुन निकाल्दा नक्कली भएको हो । यस अघि अघिल्लो बर्ष सिभिल सहकारीका अध्यक्ष सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट पृष्टि भए पछि उनको पत्नी सृजना सहित अहिले इच्छाराज काराबास जीवन बिताइरहेका छन् । यी बैंकिङ फ्रडको घटना सेलाउन नपाउँदै फेरि अर्को ठूला चार वटा बैकिङ फ्रडको घटना उपर अहिले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाइएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी,सिइआदेखि नेपाल राष्ट्रबैंकसम्म कनेक्सन मिलाएर यस्तो बदमासी भइरहेको भेटिएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार पछिल्लो फ्रडमा ४ बैंकका ७ वटा फाइल उपर अहिले अध्ययन अनुसन्धानदेखि बयान लिनेसम्मको काम भइरहेको छ । बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ले कमसल धितो राखेर,कम कर्जा लेखेर बढी कर्जा दिइएको जस्ता गम्भीर अपराध गरेको भेटिएको छ । एक जना बैंकका सिइओले ९ करोड धितोमा ९५ करोड ऋृण प्रवाह गरेको भेटिएको छ भने अर्कौ बैंकका सिइओले विना धितो ९७ करोड कर्जा प्रवाह गरेको भेटिएपछि त्यसलाई गम्भीर फ्रड मानेर ती सिइओसँग बयान टुंग्याइएको बताइएको छ । अर्को एक जना सिइओले आफू निकटको व्यापारीलाई ९० करोड कर्जा लिएर ९ करोड मात्र लेखेर बैंकिङ फ्रड गरेको भेटिएको सिआइबीका ती अधिकारीले जानकारी दिएका छन् । उनले अनुसन्धान चलिरहेका कारण ती बैंक तथा सिइओको नाम भने खुलाउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *