राजश्वका कर्मचारीलाई पुस मसान्तको दशैं

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बनेसँगै आर्थिक क्षेत्रलाई चलायमान बनाउने भनेर अर्थमन्त्री विष्णु पौडेल लागि परेका छन् । यतिखेर आन्तरिक राजश्वका कर्मचारीलाई पुस मसान्तको दशैं लागेको छ । अधिकांश व्यापारीहरु कर चुक्ता निकाल्न राजश्व कार्यालयमा भिड लाग्ने गरेको छ । सेवा ग्राहीले कर चुक्ता निकाल्न लाइनमा बसे तापनि भनेको समयमा कर चुक्ता निकाल्न सकेका छैनन् । अधिकांश ठूला व्यापारी घरानादेखि साना व्यापारीहरुले समेत प्यान र भ्याटको कर चुक्ता निकाल्नुपर्ने भएकाले राजश्व कार्यालयहरुमा भीड लाग्ने गरेको छ ।

पुस मसान्तभित्र कर चुक्ता अनिवार्य लिनुपर्ने नत्र जरिवाना लाग्ने भएकाले पनि ती कार्यालयहरुमा सेवाग्राहीको भीडभाड लाग्ने गरेको हो । तर, कतिपय सेवाग्राहीले कर चुक्ता लिन खोजे तापनि नियमपूर्वक समयमा काम नहुँदा विचौलियालाई अनावश्यक पैसा खुवाएर प्रयोग गर्नुपर्ने वाध्यता पनि त्यत्तिकै छ । कर्मचारीले पनि व्यापार, व्यवसायी आफै गएकाको भन्दा विचौलियामार्पmत गएको कामलाई प्राथमिकता दिने गरेका थुप्रै उदाहरणहरु छन् । किन भने आफै फाइल मिलाएर गएका सेवाग्राहीले कमिसन दिँदैनन् ।

तर, विचौलियामार्पmत गएका नमिलेका फाइलको पनि कर्मचारी आफै लागेर मिलाउने र भटाभट काम गर्ने गरेको पाइन्छ । सेवाग्राही आफै लाइनमा बसेका छन् भने एकाएक बत्ती गयो भन्ने, सर्वरले काम गरेन भन्ने, प्रिन्ट गर्न मिल्दैन भन्ने जस्ता बहाना बनाएर सेवाग्राहीलाई अलमल्याउने र हैरानी पारेपछि सेवाग्राहीले पनि वाक्क, दिक्क भएर विचौलियालाई नै प्रयोग गर्ने गरेका छन् ।

यतिखेर पुस मसान्त नजिकिँदै गर्दा रान्तरिक राजश्व कार्यालयका विभिन्न शाखा र कम्पनी रजिष्ट्रार कार्यालयहरुमा भिडभाड लाग्ने गरेको छ । आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता निकाल्ने काममा विचौलिया प्रयोग भएपछि सर्वसाधारण सेवाग्राहीले प्राथमिकता पाउने गरेका छैनन् । विचौलियाले पनि स–साना व्यापारीदेखि ठूला व्यापारिक घरानाहरुलाई भन्ने गरेका छन्, ‘तपाईंको जरिवाना लागि सक्यो, यति तिर्नुपर्छ, उति तिर्नुपर्छ, काम मिलाएबापत कर्मचारीलाई पनि तिनुपर्छ’ भन्दै ती विचौलियाहरुले व्यवसायीसँग राजश्व कार्यालयलाई तिर्नुपर्नेभन्दा बढी रकम असुल्ने गरेका छन् ।

सेवाग्राही राजश्व कार्यालयमा गएमा राजश्वका कर्मचारीले अलमल्याउने र झुलाउने काम गर्ने गरेका छन् । त्यति मात्रै नभएर सर्वर ह्याङ्ग गराएर काममा ढिलाइ गर्नेसम्मका हर्कत गर्ने गरेको पाइन्छ । पुस मसान्त कटेपछि जरिवाना लिने र जरिवानाको पनि जरिवाना लिने गरेको प्रशस्त उदाहरणहरु कर कार्यालयहरुमा देख्न सकिन्छ । कतिपय व्यापारीहरु पनि कर छल्ने गरेका छन् । त्यसमा पनि आन्तरिक राजश्व कार्यालयका कर्मचारी र विचौलिया मिलेर राजश्व कम लिने र कर्मचारीले कमिसन खाने काम गर्ने गरेका छन् ।

बेलुका भएपनि आन्तरिक राजश्वका कर्मचारी, व्यापारी र विचौलियाको मिलीभगमा होटल, रेष्टुरेन्टमा गएर डिनरसहित लेनदेन गर्ने गरेका उदाहरणहरु भेटिन्छन् । उता आन्तरिक राजश्वका कर्मचारीहरुले कुन दिन विचौलियाले कतिवटा फाइल ल्याएर कतिवटा फाइलको काम भयो भनेर हिसाव किताब राख्ने गरेका छन् ।

यसरी सेवाग्राहीलाई अलमल्याएर ढिलासुस्ती गरी विचौलियामार्फत कमिसनमा काम गर्नेहरु आन्तरिक राजश्व कार्यालय लाजिम्पाट, आन्तरिक राजश्व कार्यालय पुतडीसडक, आन्तरिक राजश्व कार्यालय बानेश्वर, कोटेश्वरलगायत देशैभरका आन्तरिक राजश्वका शाखा कार्यालयहरुमा विचौलिया र कर्मचारीहरु मिलेर अनियमितता गर्ने गरेको पाइन्छ ।

आन्तरिक राजश्व कार्यालयहरुमा राखिएका विभिन्न बैंकका कर्मचारीहरु समेत अनियमिततामा संलग्न रहेको पाइन्छ । आन्तरिक राजश्व कार्यालयहरुमा कमिसनकै खेलमा प्राइभेट बैंकको काउन्टर राखिएको छ । सरकारी राजश्व उठाउनको लागि राष्ट्रिय वाणिज्य बैंकको काउन्टर राख्नुपर्नेमा कमिसनको खेलमा प्राइभेट बैंक काउन्टरहरु राखिएका छन् ।

त्यसमा पनि आन्तरिक राजश्व कार्यालयहरुमा एभरेष्ट बैंकका काउन्टरहरु राखिएका छन् । एभरेष्ट बैंक भारतीय लगानीमा खोलिएको बैंक हो । यसरी सरकारी कार्यालयमा विदेशी बैंकको काउन्टर राख्नु भनेको नेपालको आन्तरिक सूचनासमेत बाहि¥याउनु हो । (तामाकोशीसन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *