कम्पनी रजिष्ट्रारमा बिचौलियाको बिगबिगी

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बनेसँगै प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शी ढंगले गर्न निर्देशन दिँदै गर्दा यतिखेर कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनहुँ विचौलियाको भिड लाग्ने गरेको छ । एक करोड पुँजी चुक्ता गर्नुप¥यो भने एक प्रतिशत टेबुल क्यास लिएर मात्रै ती विचौलियाहरुले काम गर्ने गरेका छन् ।

कम्पनी रजिष्ट्राचारको कार्यालयमा कतिपय व्यापारी तथा उद्योगीहरुले तिर्नुपर्नेे जरिवानामा ९५ प्रतिशत मिनाह गरी ५ प्रतिशत मात्रै जरिवाना लिएर लामो समय चरिवानामा परेका कम्पनी, उद्योग र व्यवसायिक संस्थाहरु सुचारु गर्न भनिएको थियो । यसरी ९५ प्रतिशत छुट गरी ५ प्रतिशत मात्रै जरिवाना लिने प्रावधान भए तापनि कम्पनि रजिष्ट्रारको कार्यालयले दफा ५१ लगाएर काम गरिराखेको छ ।

पुस समान्तसम्मको लागि जरिवाना मिना गरिएको भनिए तापनि त्यो चाहीं २०७२ देखि २०७७ सम्मका कम्पनीको लागि भनेर २०७८÷७९ को जरिवाना पुरै लिने गरेका छन् । त्यसमा कम्पनी रजिष्ट्रारका कर्मचारी, वकिल र विचौलियाहरुको मिलेमतोमा सेवाग्राहीहरुलाई झुक्याउने र दुःख दिएर ठग्ने काम गरिरहेका छन् ।

कतिपय सेवाग्राहीहरुले आफ्नो सेवा लिन कम्पनी रजिष्टारको कार्यालयमा भेउसमेत पाउँदैनन् । सेवाग्राहीले नबुझेको कुरा सोधखोज गर्दा कुनै कर्मचारीले बताउँदैनन् । त्यस्ता काममा विचौलियालाई अगाडि सार्ने र कमिसन बाड्ने काम गर्दछन् । अहिले कुनै सर्वसाधारण सेवाग्राही कम्पनी रजिष्ट्रारको कार्यालय छेउ पुग्नेबित्तिकै विचौलियाहरु तपाईं के कामको लागि आउनुभएको हो, हामीले के गर्नुपर्छ भन्दै तानातान गर्दछन् ।

उदाहरणको लागि हामी कतै जानुपरो भने बस पार्क जान्छौं त्यहाँ पुग्नसाथ कहाँ जाने हो ? हाम्रो गाडीमा यस्तो सुविधा छ चाँडै पुगिन्छ आनुहोस् भन्दै तानातान गरेजस्तै अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा विचौलियाले तानतान गर्ने गर्दछन् । कम्पनी रजिष्ट्रार कर्मचारीले पनि कतिपय कम्पनीहरुको फोन नम्बर नभएको, कम्पनीको ठेगाना प्रष्ट नभएको, कम्पनी अपडेट नभएको, अडिटरको ठेगाना नभएको, कम्पनीको ठेगाना नबुझिएको, अडिटरको फोनसमेत नभएको जस्ता बहाना बनाएर दुःख दिने र अनावश्यक जरिवानाको नाममा पैसा असुल्ने काम गरेका छन् ।

कम्पनी रजिष्ट्रारका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु आ–आफ्नै तालमा लाग्ने गरेका छन् । ती कर्मचारीहरु कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुखले अराएपराएको काम पनि अन्य फाँटका कर्मचारीले मान्ने गरेका छैनन् । यतिखेर कम्पनी रजिष्ट्रारका कर्मचारी हुन् कि विचौलिया हुन् छुट्याउनै गाह्रो भएको छ । अधिकांश कामहरु विचौलियाले गर्ने गरेका छन् । त्यसमा पनि वकिलहरु हावी छन् । विचौलिया पनि वकिलकै आसेपासे हुने गरेका छन् ।

यतिखेर अधिकांश उद्योगी, व्यवसायीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सक्दैनन् । यदि गइहाले भने पनि उनीहरुले कामको कुनै भेउ पाउँदैनन् । त्यसरी जाने सेवाग्राहीहरुलाई विचौलियाले अलमल्याएर सम्बन्धित फाँटमै पुग्न दिँदैनन् । सेवाग्राही आफै जाँदा उनीहरुको आयस्रोत कम हुने र काम बेलामा नगर्ने परम्परा कम्पनी रजिष्ट्रारको कार्यालय नयाँ होइन । यो पुरानै रितिरिवाज अन्तर्गत चल्दै आएको हो । सरकारका मन्त्रीहरुले जति क्रान्तिकारी कुरा गरेपनि कर्मचारी तन्त्रको अगाडि उनीहरुको केही लाग्दैन । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *