इतिहास बोकेको हुलाक सेवा विभाग, बद्नाम हुँदै

विविध समाचार

काठमाडौं । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत पर्ने हुलाक सेवा विभाग तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपालमा हुलाक सेवा विभागको स्थापना भएको थियो । त्यसकै माध्यमबाट अधिकांश नेपाली जनताले एक ठाउँबाट अर्को ठाउँमा समाचार, खबर र चिठ्ठीपत्र आदनप्रदान गर्दै आएका थिए र हालसम्म त्यो चलन कायमै छ । तर, अधिकांश कर्मचारीहरुलाई त्यस हुलाक कार्यालयहरुदेखि हुलाक सेवा विभागमा थन्क्याउने काम गरिन्छ ।

किन कि हुलाक सेवा विभागमा थन्क्याउने कर्मचारीहरु भनेको माथिल्लो निकायमा कुनै पनि सोर्सफोर्स नभएका, मन्त्री, नेतालाई चाकरी, चाप्लुसी गर्न नसक्ने, पैसा खुवाउन नक्ने, नातावाद, कृपावादभित्र नपर्ने, राजनीति पार्टी निकट भएर काम गर्न नसक्ने, राजनीटिक पार्टीमा बफादार भएर काम गर्न नसक्ने जस्ता कर्मचारीहरुलाई हुलाक सेवा विभाग लगेर धन्क्याउने गरिन्छ । त्यति मात्रै होइन राजनीतिक दल निकट, नेताका कार्यकर्ता, आफन्त र आसेपासेलाई जागिर खुवाउने स्थान पनि हुलाक सेवा विभागलाई बनाउने गरिन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेन गरी ४ वटा केन्द्रीय कार्यालयहरु रहेका छन् । ती यसप्रकार छन्, गोश्वारा हुलाक कार्यालय, केन्द्रीय धनादेश कार्यालय, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयहरु रहेका छन् । त्यसैगरी ७० वटा जिल्ला हुलाक कार्यालयहरु, ८४२ वटा इलाका हुलाक कार्यालयहरु र ३०७४ वटा अतिरिक्त हुलाक कार्यालयहरु अहिले नेपालमा सञ्चालित छन् । तर, कतिपय हुलाक सेवा कार्यालयअन्तर्गत काम गर्ने कर्मचारीहरुको भने लापरबाही हुने गरेको देखिन्छ ।

नेपालबाट विभिन्न देशमा पठाउने गरेका महत्वपूर्ण घरायसी सामान, डकुमेन्ट, चिठी–पत्र इत्यादि सामानहरु समयमा तोकिएको ठाउँमा नपुग्ने गरेका थुप्रै गुनासाहरु आइरहेका छन् । त्यसैगरी अधिकांश नेपालीहरु विदेशी मुलुक बहराइन, कुवेत, कतार, दुबई, मलेसिया, अफगानिस्तान, क्रोसिया, जापान, युकेलगायत थुप्रै देशहरुमा नेपालीहरु अध्ययन र रोजगारीका लागि पुग्ने गरेका छन् । त्यसरी विदेशमा रहेका नेपालीहरुले घरपरिवार र आफन्तलाई विदेशबाट हुलाक सेवामार्पmत सामान पठाउने गरेका हुन्छन् ।

यसरी पठाइएका सामानहरु हुलाक सेवामा कार्यरत कर्मचारीहरुले सम्बन्धित व्यक्ति र ठाउँमा नबुझाइ बेपत्ता पार्ने अथवा गोदममा थुपारेर अलपत्र पार्ने गर्दै आएका छन् । कथमकदाचित सेवाग्राहीले विदेशबाट आएको आफ्नो सामान दावी गर्न गएमा कहाँबाट आएको, कसले पठाएको, कहिले पठाएको, तपाईंसँग प्रमाण के छ भनेजस्ता प्रश्न तेस्र्याएर आलटाल गर्ने गर्दछन् । यता नेपालमा अधिकांश नेपालीहरुले विदेशमा पठाउने महत्वपूर्ण सामानहरु पनि हुलाकका कर्मचारीहरुले बिचैमा गायव गरिदिने जस्ता गैरजिम्मेवारीपन देखाउँदै आएका छन् ।

त्यति मात्रै होइन, अधिकांश नेपालीहरुले हुलाकमार्पmत सरकारी कार्यालयदेखि विभिन्न संघ, संस्थाहरुको महत्वपूर्ण डकुमेन्टहरु रजिस्टर गरेर पठाउँदा पनि समय र सम्बन्धित कार्यालय नपुग्ने गरेका घटनाहरु थुप्रै छन् । अधिकांश महत्वपूर्ण डकुमेन्टहरु हुलाक सेवा कार्यालयमै थन्किएर बस्ने गरेका घटनाहरु पनि त्यत्तिकै छन् । कतिपय त्यस्ता डकुमेन्टहरु कार्यालयले पठाए तापनि सम्बन्धित निकायले पाउन नसके सामान फिर्ता आउनुपर्ने र पठाउने व्यक्तिलाई, अफिस, संघ, संस्थाहरुलाई खबर गरी फिर्ता दिनुपर्ने नियम छ । तर, गोश्वारा हुलाक कार्यालयले पछिल्लो समय यो जिम्मेवारी निर्वाह गर्न छाडेको छ ।

पहिला हुलाक सेवा कार्यालय नेपाली जनताको भरपर्दो र विश्वासिलो माध्यम रुपमा स्थापित र परिचित थियो । तर, अहिले उक्त हुलाक सेवा कार्यालय विश्वासिलो र भरपर्दो हुन छाडेको छ । किन भने जनताले पठाएका समान, चिठीपत्रदेखि महत्वपूर्ण अफिसियल डकुमेन्टसमेत बिचैमा हराउने र बेपत्ता बनाउने कामले हुलाक सेवाप्रति जनताको विश्वास घट्दै गएको छ ।

कतिपय कर्मचारीहरुको लापरबाहीले गर्दा यति लामो इतिहास बोकेको हुलाक सेवा बदनाम बन्दै गएको छ । कर्मचारीको हेलचेक्र्याइँ र लापरबाहीले गर्दा कतिपय नेपालीले एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेका बिल, भरपाइ, नागरिकता, सठिफिकेट जस्ता महत्वपूर्ण डकुमेन्टहरु हराउने गरेको गुनासो सर्वसाधारण जनताको रहेको छ । हुलाक सेवा विभागमा अधिकांश कर्मचारीहरु महिला रहने गरेका छन् ।

कतिपय महिला कर्मचारीहरुले त राम्रै काम गरेका छन् भने कतिपय त्यस्ता महिला कर्मचारीहरु मोबाइल चलाउने, टिकटक बनाउने, टिकटक हेर्ने, बदाम, सुन्तला खाने, दिउँसो घाम ताप्ने बिहान बेलुका हिटर ताप्ने जस्ता काम गरेर दिन बिताउने गर्दछन् । कर्मचारीको यस्तो क्रियाकलापले गर्दा अधिकांश नेपाली स्वदेशदेखि विदेशबाट पठाउने सामानहरु अलपत्र र गायब हुने गरेको गुनासाहरु पीडितले गरेका छ । त्यति मात्रै होइन कतिपय सेवाग्राहीहरुले पठाएको डकुमेन्टको बिलभरपाइको रेकडसमेत राख्ने गरेको पाइँदैन । (तामाकोश सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *