गोर्खाभर्तीको नाममा नेपाली भारतको दास बन्दै

फिचर समाचार

नेपालमा राजनीतिक खिचातानीले गर्दा विगत लामो समयदेखि नेपाली युवाहरु गोर्खाभर्तीमा जाने गरेका थिए । यसरी नेपालको राजनीतिमा विगत लामो समदेखि व्यथिति आएपछि नेपालका अधिकांश उद्योग, धन्दाहरु बन्द अवस्थामा थिए र अहिले पनि कतिपय उद्योगहरु बन्दै अवस्थामा रहेका छन् । सरकारको गतिविधि र राजनीतिक दलको नातावाद, कृपावादले गर्दा ती उद्योग धन्दाहरु लथालिङ्ग अवस्थामा रहेका हुन् । त्यसकारण नेपाली युवाहरुले स्वदेशमा रोजगारीको अवसर पाउँदैनन् ।

यसरी रोजगारी नपाएर भौतारिएका युवाहरुलाई भारत सरकारले वर्षेनी गोर्खा भर्तीको नाममा जागिरमा लगाउने गर्दै आएको थियो । भारतले गोर्खा भर्ती खुलाएपछि नेपाली युवाहरु त्यसमा भर्ना हुन तछाडमछाड गरेर जाने गर्दथे । यसरी भारतको गोर्खा भर्तीमा जाने नेपाली युवाहरुलाई भारत सरकारले सैनिक तालिम दिने गर्दै आएको थियो । यसरी तालिम दिइसकेपछि उनीहरुलाई चाइना र पाकिस्तानको सिमानामा राखेर भारतको सुरक्षाको लागि खटाउने गर्दथ्यो ।

त्यसरी खटिएका नेपाली युवाहरुलाई भारत सरकारले महिनावरी तलबभन्दा अन्य सुविधा दिने गरेको पाइँदैन । त्यसरी भर्ना भएका नेपाली युवाहरुलाई सिमा सुरक्षिामा ४ वर्षे जागिर दिएर राख्ने गरेको थियो । त्यसरी गोर्खा सैनिकमा भर्ना भएका नेपाली युवाहरुलाई ५ वर्ष लागेपछि बिना अन्य सुविधा तलबको भरमा जागिरबाट अवकास दिने गर्दै आए तापनि अहिले भने नेपाल सरकारले त्यसरी गोर्खाभर्तीमा जानेलाई स्वीकृति दिएको छैन । गोर्खाभर्तीको विषयलाई लिएर भारतका बुद्धिजीवीहरुले समेत विरोध गरेका थिए ।

भारत सरकारले पनि गोर्खा आर्मीमा भर्ना गर्न छिमेकी मुलुक उडिसा, सिक्कीम, दार्जिलिङ, कालिङपोङजस्ता सीमा क्षेत्रबाट नेपाली भाषीलाई भारतीय सेनामा भर्ना गर्ने गरेको थियो । किन न कि ती नेपाली भाषीहरु साहसिक, इमानदार र कामप्रति बफादार हुने भएकाले उनीहरुलाई राख्ने गरेको थियो । यसरी भारतीय सेनामा भर्ना गरेबापत ती नेपाली युवाहरुलाई ४ वर्षसम्म बिना, सुविधा, बिना पेन्सन, बिना उपदान ५ वर्ष लाग्नसाथ तलबको भरमा एकमुष्ठ १३ लाख दिएर जागिरबाट अबकास दिने गरेको थियो ।

त्यसैकारण भारतीय सेनामा जागिर खाने नेपालीहरु नेपालमा आएर अन्य सुविधा पाउनुपर्ने माग राखी भर्ना र विरोध गर्ने गरेका थिए । तर, अहिले भने त्यसरी युवाहरु भारतीय सेनामा भर्ना हुन जाने स्वीकृति सरकारले दिएको अवस्था छैन । तर, सरकारले स्वीकृति नदिएता पनि अधिकांश नेपाली युवाहरु लुकीछिपी रोजीरोटीको लागि भारतीय सेनामा भर्ना हुने गरेका थुप्रै उदाहरणहरु रहेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *