भावी राष्ट्रपतिमा कसले मार्ला बाजी ?

राजनीति समाचार

काठमाडौं । यतिखेर नेपालको राजनीतिमा नयाँ समितिकरणसँगै भावी राष्ट्रपति को बन्ला भनेर विभिन्न क्षेत्रबाट अड्कलवाजी हुन थालेको छ । नयाँ सरकार बनेसँगै भावी राष्ट्रपति नेकपा एमालेले पाउने भएपछि यखितेर एमालेभित्र राष्ट्रपति बन्नको लागि विभिन्न नेताहरु लागिपरेका छन् ।

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसलाई राष्ट्रपति बनाउँछन् भन्ने कुरा एकिन भएको छैन । राष्ट्रपतिको निर्वाचन नजिँकिँदै गर्दा राष्ट्रपति बन्नेहरुको एमाले अध्यक्ष निवास बालकोटमा भिड लाग्न थालेको छ । तर, अध्यक्ष ओलीले भने कसलाई राष्ट्रपतिमा अगाडि सार्छन् त्यो अहिलेसम्म कसैले अड्कल गर्न सकेका छैनन् ।

राष्ट्रपति हुनको लागि एमालेभित्रबाट ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, युवराज कार्की, सीता पोखरेल, गोमा देवकोटा, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललगायतको नाम चर्चामा आएको छ । तर, यी मध्य कसलाई राष्ट्रपति बनाउने हुन् त्यो अधिकार अध्यक्ष केपी ओलीको हातमा रहेको छ । यतिखेर विभिन्न राजनीतिक नेकपा एमाले र नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिलाएर वामएकता गरी माधवकुमार नेपाललाई राष्ट्रपति दिनुपर्छ भन्नेहरुको जमात त्यत्तिकै छ ।

तर, एमालेभित्रकै दुई पात्र गोकुल बाँस्कोटा र सूर्य थापाको भनाइ र व्यवहारले भने त्यो सफल हुन दिने देखिँदैन । त्यति हुँदाहुँदै पनि वामएकता गर्ने भनेर नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत ठूला वामपन्थी शक्तिलाई मिलाउन कार्यदल पनि बनाइएको छ । सो कार्यदलले मिलाउने प्रयास पनि गरिरहेको छ । उक्त कार्यदलको प्रयास कत्तिको सफल हुन्छ त्यो भन्ने हेर्न बाँकी छ । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *