शालीनदी मेलामा कालाबजारियाको बिगविगी

राजनीति समाचार

काठमाडौं । नेपालका अधिकांश नागरिकहरु हिन्दू धर्ममा आस्था राख्छन् । कतिपय नेपालीहरु तीर्थयात्रादेखि धर्मकर्ममा विभिन्न मठ, मन्दिरदेखि पूजाआजामा लाग्ने गर्दछन् । तर, नेपाली धर्म, संस्कार, संस्कृति अनुसार भक्तजनहरु ब्रत बस्ने गर्दछन् । त्यसैको आधारमा अधिकांश नेपालीले आफ्नो धर्म, संस्कार, संस्कृति अनुसार पुजाआजा र ब्रत बस्ने गरेका छन् । अहिले पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनाका लागि श्री स्वस्थानीको कथा वाचन गरी ब्रत बस्ने गरेका छन् ।

यसरी कथा वाचन र ब्रत बस्नेहरु शालीनदीको दर्शन गर्न दिनहुँजसो नेपालका विभिन्न भू–भागबाट आउने गरेका छन् । त्यस क्षेत्रमा अहिले धुमधामसँग भेला लागिरहेको छ । सो मेला भर्नको लागि वृद्धवृद्धादेखि महिला, युवायुवती र बालबालिकासम्मको भीड लाग्ने गर्दछ । त्यस क्षेत्रमा अहिले विभिन्न व्यवसाय गरेर बस्नेहरुको व्यापार राम्रैसँग हुने गरेको छ । ‘कहीं नभएको जात्रा हाँडीगाउँ’मा भनेजस्तै त्यहाँ व्यापार व्यवसायी गर्नेहरुले चार, पाँच गुणासम्म मूल्य बृद्धि गरेर ती तीर्थालु भक्तजनहरुलाई ठग्ने गरेका छन् ।

अधिकांश भक्तजनहरुले सामान्य खाजा खाएको पनि पाँच सयदेखि हजारसम्म असुल्ने गरेका छन् । त्यति मात्रै होइन त्यहाँ साजसज्जामा राखिएका श्री स्वस्थानीको फोटोदेखि परापूर्वकालमा स्थापना भएका विभिन्न मूर्तिहरुको समेत फोटोहरु बिक्रीवितरणमा राखिएका छन् । त्यसरी राखिएका ऐतिहासिक फोटोहरुको समेत महंगो शुल्क असुल्ने गरेका छन् । त्यस्तै बालबालिकालाई राखिएका खेलौनादेखि लत्ताकपडासम्म मूल्य चर्को लिने गरेका छन् । त्यतिमात्रै होइन मन्दिर प्रवेश शुल्कसमेत लिने गरेको बताइन्छ ।

यसरी वर्षदिनपछि एक पटक सम्पूर्ण हिन्दू नेपालीको आस्थाको केन्द्र भनेर चिनिने शालीनदीलाई कमाउ धन्दाको अखडा बनाएर ठगीगर्ने गरेका उदाहरणहरु थुप्रै भएको एक भक्तजनले बताए । यस्तै कतिपय नेपालीहरुले आफ्नो जात, धर्म, भाषा, संस्कार, संस्कृति अनुसार मान्दै आएका धार्मिस्थलको नाममा राखिएका पसलबाट ठगिँदै आएका छन् ।

त्यसैगरी हिन्दू धर्म र परम्परा अनुसार बाला चतुर्दशीका दिन मृतात्माको नाममा पशुपति मन्दिर परिसरमा बत्ती बाल्न आउनेहरु पनि धर्मको नाममा गरिने विभिन्न व्यापार, व्यवसायीबाट ठगिने गरेका छन् । हिन्दू महिलाहरुको महानपर्व भनेर चिनिने तीज पर्वका दिन पनि पशुपति मन्दिर परिसरमा राखिएका विभिन्न व्यापार, व्यवसाय गर्नेहरुले पनि ती ब्रतालु भक्तजन महिलाहरलाई ठग्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

यसरी नेपालका अधिकांश भूभागहरुमा रहेका धार्मिक तीर्थस्थलहरुमा विचौलियाहरुले विभिन्न सामान विक्रीवितरणको नाममा भक्तजनहरुलाई ठगी गर्दै आएका छन् । यसरी विभिन्न धार्मिक तीर्थस्थलहरुमा भक्तजनहरुलाई व्यापारीहरुले चर्को शुल्क उठाउनेदेखि व्यापार गरेर ठगी गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्ता विषयमा ध्यान दिएको पाइँदैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *