मुमारामको टिप्पणी आफैंलाई घातक

राजनीति समाचार

काठमाडौं । पार्टीलाई धोका दिने, पार्टीको नाममा चन्दा उठाएर खाने र अन्ततः पार्टीलाई नै गाली गर्दै पार्टीबाट अलग हुनेहरुले पार्टी नेतृत्वको टिप्पणी गर्न सुहाउँदैन भन्ने कुरा माओवादीमा पुष्टि भएको छ । वाम विश्लेषकको पगरी पाएका मुमाराम खनाल विगतमा के थिए, कताकता जोडिए । उनको वल्लो घर, पल्लो कटेरोको कारण के हो ? मुमारामलाई बुझ्नेले राम्रैसँग टिप्पणी गर्लान् । तर माओवादी अध्यक्ष प्रचण्डको कुरा काटेर समय किन बिताउनु प¥यो ?

प्रचण्डलाई एकल नेतृत्वको कमाण्डर बनाउने को हो ? एमालेका अध्यक्ष केपी ओलीको एक्लो निर्णय पार्टीको निर्णय बनाउने को हुन् ? विगतमा कांग्रेस पार्टीमा गिरिजाप्रसाद कोइरालाले जे गर्थे त्यो पार्टीको निर्णय हुन्थ्यो । दलहरुमा यस्तो प्रवृत्ति हुँदासम्म जनवादी रटान मिथ्या साबित हुन्छ । प्रचण्डलाई प्रधानमन्त्री दिन्छु भनेर शेरबहादुरले एक्लै भनेका थिएनन् । कृष्ण सिटौला, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, डा.प्रकाशशरण महत पनि थिए ।

पछिल्लो पटक उनीहरु चुप छन् । तर मुमारामहरु चर्काे बोल्न थालेका छन् । वामदेव एमाले र माओवादी मात्र नभई माधवलाई पनि मिलाउँछु भन्दै हिँडेका छन् । कांग्रेसले असहयोग गर्दा मुमाराम र बाबुराम कहाँ थिए ? की यिनले हामी कांग्रेसको दाना खाएका छौं, प्रचण्डको विरुद्धमा गित गाउँछौं भन्नुप¥यो । होइन भने जस्तालाई त्यस्तै निर्णय गर्दा माओवादीसँग किन रिस गर्ने ? विगतमा माओवादीको नाममा भ्रष्टाचार गर्ने मध्येका एक मुमाराम पनि भएको बताइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *