पेशागत संगठनमा छिर्दै एमाले

राजनीति समाचार

आफ्नै घमण्डले हारे भट्ट
काठमाडौं । संगठनको कामभन्दा आफ्नै धन्दामा रमाउने, पाएको बेला मुक्ति प्रधान, रमणकुमार श्रेष्ठभन्दा पेशागत वरिष्ठता देखाउने तुलसी भट्टलाई सर्वाेच्च बारको चुनावमा अध्यक्ष पदमा कांग्रेसका हरिशंकर निरौलाले पराजित गराए । अघिल्लो साता चुनाव भएपनि यसको गर्मीले अहिलेसम्म नेपाल बारको आगन तातेको छ ।

सांगठनिक रुपमा कहिल्यै सक्रिय नभएका र २÷४ चन्दा दिएकै कारण माओवादीको कार्यकर्ताले भोट दिने ठाउँ भट्टको हकमा थिएन । पुरानो थातथलो गोरखा छाडेर चितवन झरेका तुलसी भट्ट माओवादी शान्ति वार्तामा आएर सत्तामा पुग्दा र मुक्ति प्रधानझैं पेशागत आन्दोलनमा समेत देखा नपर्ने व्यक्ति हुन् । ल क्याम्पसमा बिएल पढ्दै गर्दा भट्ट र प्रधान सिन्धुनाथ प्याकुरेलको ल फर्म डिल्लीबजारमा देखिन्थे भने रमण श्रेष्ठहरु रामनाथ मैनालीको ल फर्ममा भेटिन्थे ।

एकले अर्काेलाई गालीगलौज गर्न मुक्ति र रमण पनि लाग्ने गर्छन् । नाम चलेका तत्कालीन नेकपा मसाल पक्षका दुबै वरिष्ठ वकिलहरु कांग्रेसका हरिहर दाहाल, स्व.मुकुन्द ढुंगाना, राधेश्याम अधिकारी, एमालेका सुवास नेम्वाङ, स्व.भरतमोहन अधिकारीहरु झैं बृहत्तर कानूनी बहसभन्दा सार संग्रहवादी थिए । उनीहरुको काम झगडिया मिलाउने नै थियो । त्यस्तो फर्मबाट वकालती व्यवसाय गरेका भट्टले पछिल्लो समय राजस्व मार्ने व्यापारी पोस्ने मुद्दालाई महत्व दिएर धन कमाए ।

वकिल पेशाकै श्रीमती सन्ध्या बस्नेत गैर सरकारी संस्थाहरुमा सपना प्रधानहरुसँग जोडिइन । स्वार्थ र सहजको राजनीतिक पहुँच बेलाबखत उनीहरुको हिसिला यमीहरुसँग भयो । संघर्षको समयमा यी दुबै बेपत्ता थिए । त्यस्तालाई न त माओवादी न त एमाले कसैले सहयोग गर्दैन । वामपन्थी मोर्चाबाट चुनाव लडेर तुलसी भट्ट पराजित हुनुको कारण पनि यही हो । हिजो पेशागत संस्थामा विमुख भएको एमाले अब प्रवेश गर्दैछ ।

अहिले भट्टको निकट कालोकोट लगाउने मालपोत धाउने खालका वकिलहरुले प्रचण्डनिकट रमण श्रेष्ठ र डा.बाबुरामलाई त्यागेर पुनः माओवादीमै फर्केका २०७२ सालको संविधानसभा चुनावमा काठमाडौंबाट माओवादी उम्मेद्वार बनेका मुक्ति प्रधानको असहयोग देखेका छन् । तर तुलसी भट्टलाई चुनाव जिताउन यी दुबै पात्र लागेका थिए ।

उम्मेद्वार भएपछि आफ्नो धरातल र अवस्था बुझ्ने सम्बन्धित उम्मेद्वारले हो । संगठनकै कुरा गर्दा विप्लवतिर लागेका कपिल पोखरेलको के थियो ? वामपन्थीको पक्षमा सचिव, कोषाध्यक्षसहित ६ जनाले जित्दा लोकतन्त्रवादीले अध्यक्ष, उपाध्यक्ष र अन्य सात सदस्य गरी ९ सिट हासिल गरेको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *