संसद बचाउन किन यत्रो चिन्ता ?

राजनीति समाचार

कांग्रेसले देख्यो ओलीलाई खतरा
काठमाडौं । सहमतिको राजनीतिमा नआउँदा गठबन्धन फुटेर सत्ता हातबाट गुमेपछि नेपाली कांग्रेसले संवैधानिक पदहरुका लागि भएपनि प्रतिस्पर्धा गरिरहेको छ । सत्ता गठबन्धन दलहरुभित्र राष्ट्रपति, सभामुख र उपसभामुख पदमा सहमति भइसकेको छ । तर कांग्रेसले राष्ट्रपति र सभामुख पदका लागि माओवादीको आश कसरी ग¥यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेसका महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा तथा अर्जुन नरसिंह केसी, प्रदीप पौडेलहरुले पार्टी सभापतिको प्रस्ताव बारेमा फरक मत राखेकै थिए । सहमतिको वातावरण बनोस् भनेर संसदमा विपक्षीविहीन बन्न नदिने, सत्तामा नजाने तर सभामुख र राष्ट्रपति पदमा सरकार पक्षकै आश गर्ने अनौठो शैली कांग्रेसका नेताले देखाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवाले राखेको सत्ता समर्थन प्रस्तावबाट दंग परेका थिए । त्यसैगरी गगन थापा र विश्वप्रकाश शर्माको हालत संसदीय दल र केन्द्रीय समितिमा देखिने छ । देउवाले कांग्रेस ध्वस्त बनाएको दाबी गर्ने डा.शेखर कोइराला पक्षका पदाधिकारीहरुसमेत बहुमतको अगाडि प्रतिवाद गर्ने अवस्थामा छैनन् । किनकी केन्द्रीय समितिमा झण्डै दुई तिहाई, संसदीय दलमा त्यस्तै अवस्था हुँदा संस्थापनको विरुद्ध जाने अवस्था भएन ।

केन्द्रीय समिति बैठक नै सारेको सारै गरिँदा गत पुस २२, पुस २८ हुँदै माघ ५ सम्म पुगेको छ । कांग्रेस संगठन विस्तारमा जाने कुरा नौलो भएन । ठूलो दल भएर पनि नेताहरुको रणनीतिक भुलका कारण सत्ता गुमेको छ । माओवादीबाट सहयोग लिने, तर आफु घण्टीतिर लाग्ने कांग्रेसीहरु धेरै छन् । सभापतिलाई उचाल्ने डा.शेखर कोइराला, धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माले जसरी चाल रचे, प्रकाशमान र विमलेन्द्रले समेत साथ दिए । देउवा फ्याक्टरका डा.प्रकाशशरण महत, बालकृष्ण खाण , ज्ञानेन्द्र, डा.आरजु राणा थिए ।

कांग्रेसले आफ्नै घोषणापत्रको योजना पनि सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो । संसदीय व्यवस्था, संघीयता र गणतन्त्रको रक्षाको लागि माओवादीसँग मिलेको कांग्रेस एमालेले पेल्न थालेपछि यो गठबन्धन नटिक्ने विश्वास लिएको छ । नेकपा एकीकृत समाजवादीले समेत केपी ओलीको जालबाट बच्न प्रधानमन्त्री प्रचण्डलाई सजग गराएको छ । एमालेसँग पार्टी एकता नगर्ने, बरु जसपासँग पार्टी मिलाउने माधव नेपालको योजनाले वामपन्थी बिचको एकता छेकेको छ ।

कांग्रेसको लागि संसदीय अभ्यासमा माधव नेपालको योजनालाई साथ दिनेछ । वामपन्थी शक्तिको बिचमा चुनावी मोर्चा बनेको भए कांग्रेस २० सिटमा सीमित हुने थियो । एमाले एक्लैले ल्याएको समानुपातिक भोटले लोकप्रिय मत देखायो । प्रत्यक्षमा नेपाली कांग्रेस ठूलो पार्टी हुनुले पनि देशमा वामपन्थीहरुबिच मोर्चा वा पार्टी एकताको वातावरण बलियो बन्दैछ । कांग्रेसले आफ्नो मतको सुरक्षा गर्न पनि सहमति र सहकार्यलाई बचाउनुपर्ने बाध्यता छ ।

सरकारमा नजाँदासम्म क्रान्तिकारी हुने रवि लामिछानेहरुको स्वभावले जनतामा रास्वपाप्रतिको वितृष्णा पैदा भएको छ । महंगो गाडी चढेर अगाडि पछाडि प्रहरी साइरन हटाएर सरकारको खर्च कटौती हुँदैन । कांग्रेसको अनुभव र सहयोग पनि छ । व्यवस्था बचाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिन अग्रसर कांग्रेसले केपी ओलीको व्यवहारलाई नै खतरा देखेको छ । ओलीले संसद विघटन गर्न पाइन्छ भन्दै रोष्टममा बोल्दा कांग्रेस झस्किनु स्वभाविक हुन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *