प्रहरीले फे-यो डीआईजी, सशस्त्रले फेरेन

राजनीति समाचार

काठमाडौं । सीमा, भीभीआईपी, कुटनैतिक नियोग र आर्थिक क्षेत्रको सुरक्षाको जिम्मा पाएको अर्धसैनिक संगठन सशस्त्र प्रहरीले आफ्नो २२औं स्थापना दिवस मनाएको छ । यसपटक सशस्त्रले २७ जना एसएसपीबाट चारजना डीआईजी बढुवा हुँदैछन् । डीआईजी भएकाहरु ५६ वर्षे उमेरहदका कारण चार वर्षमै विदा हुनुपर्छ ।

त्यही कारण देखाएर भानु देउवाका ज्वाईं सन्दीप कुँवरले डीआईजीको बढुवामा चासो दिन छोडेको आफ्ना सहयात्रीहरुसँग बताउने गरेका छन् । कुँवर कांग्रेस सत्तामा हुँदा बालुवाटारको विश्वासी थिए । एसएसपीले सशस्त्रको प्रबन्ध चलाएका छन् । प्रदेशका बाहिनीहरुले अवधि पुरा गरेका छन् । फौजीमा कम्तीमा एक वर्षे कार्यकाललाई महत्वपूर्ण मानिन्छ ।

सशस्त्रमा सीमा जोडिएका प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको डीआईजी बन्न जति रुची राखिन्छ, त्यति नै गण्डकी र कर्णालीको डीआईजी बन्नका लागि राखिँदैन । किनकी तस्करी खोल्ने र रोक्ने भनेकै प्रदेशको कमाण्डरले हो । त्यसैगरी, नेपाल प्रहरीले चलखेल गर्नेहरुलाई थाहै नदिई रातारात डीआईजीहरुको सरुवा गरेको छ ।

कांग्रेसको गृहमन्त्रीको रोजाई र डा.आरजु राणाको कमाईअनुसार प्रदेश हाँकेका सुदिप गिरी, मसाउद खाँ, नलप्रसाद उपाध्याय, मुकुन्द आचार्यजस्ता डीआईजीहरुलाई केन्द्रमा तानेर नयाँ अनुहार खटाएको छ । तर सशस्त्र प्रहरीले प्रदेश १ का कमल गिरी, मधेश प्रदेशका गणेश ठाडाको सरुवा गरेको छैन । केही समय अगाडि मात्र सशस्त्रले लुम्बिनी र सुदूरपश्चिममा डीआईजी फेरबदल गरेको थियो ।

सशस्त्र प्रहरीमा अर्काे चलखेल पनि भएको थियो । कांग्रेसका बिचौलियाहरुलाई ब्रिफकेश बुझाएर झापाका वंशी दाहाल एआईजी भए । उनी सीमा विभाग प्रमुख छन् । त्यो ठाउँमा सिपी गौतम प्रमुख हुँदा जिल्ला र बिओपी खटेका एसपी, डीएसपीहरुसँग फोन गरेर पैसा मागेको गुनासो गृहमा पुगेपछि गृहले नै गौतमलाई कार्य विभागमा तानेर वंशी दाहाललाई सीमाको जिम्मेवारी दिएको बताइन्छ । जहाँ गयो, त्यहाँ प्वाल पार्ने गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका एकमात्र अधिकृत हुन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *