तीन चर्चित पात्रको हातमा मालदार मन्त्रालय

राजनीति समाचार

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा अधिकांश नेपालीहरुले स्वतन्त्र पार्टीलाई मत दिएर जिताएका थिए । त्यसैगरी स्वतन्त्रबाट उठेका रवि लामिछाने अहिले देशको गृहमन्त्र भएका छन् । यतिखेर गृहमन्त्रीको नाम नागरिकता र पासपोर्टको विवादमा मुछिएको छ । त्यस्तै विवादमा मुछिएको अर्को चर्चित नाम हो कालिका कन्ट्रक्सन प्रा.लि.का अध्यक्ष विक्रम पाण्डे । त्यसैगरी अर्का चर्चित मन्त्री भएका व्यक्ति हुन् डोलप्रसाद अर्याल ।

उनी मेनपावर कम्पनीको मार्केटिङ क्षेत्रमा माहिर थिए । उनीलाई मन्त्री बनाउनुमा रवि लामिछानेको ठूलो हात रहेको छ । किन कि रवि लामिछानेले पत्रकारिता गर्दा अर्याल मेनपावर कम्पनीका अधिकांश सूचना दिने गर्दथे । उनले स्वदेशीदेखि विदेशी कामदारहरुको सूचना रवि लामिछानेलाई दिएकै कारण पत्रकारिता क्षेत्रमा रवि चम्किएका थिए । त्यसताका मेनपावर व्यवसायी अर्यालले रविलाई सूचनासँगै पैसा पनि कमाउने अवसर दिएका थिए । अहिले आएर दुवै जना मन्त्री बनेका छन् ।

यी विवादित दुईमा एउटाले गृहमन्त्रालय सम्हालेका छन् अर्काले श्रम तथा रोजगार मन्त्रालय सम्हालेका छन् । अन्यको तुलनामा यी दुवै मन्त्रालय शक्तिशाली र माल्दार भनेर चिनिने गरिन्छ । त्यस्तै अर्का बदनाम पात्र ठेकेदार विक्रम पाण्डेले शहरी विकास मन्त्रालय सम्हालेका छन् । मन्त्री विक्रम पाण्डे पनि त्यत्तिकै चर्चित व्यक्ति हुन् । उनी तत्कालीन कृषि, सहकारी तथा भूमि सुधार मन्त्री हुँदा पनि आलोचित भएका थिए । त्यस्तै सिक्टा सिंचाईं आयोजनाको ठेक्कामा पनि भ्रष्टाचार आरोप लागे तापनि उनको मुद्दा भने सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

अहिले उनी शहरी विकास मन्त्री भएसँगै अधिकांश प्रदेश र जिल्लामा रहेका तुइनको व्यवस्थापन गर्छु भनेर गफ लगाइरहेका छन् । उनी चितवनवासी भए तापनि उनको क्षेत्रमा अधिकांश विकासको काम मैले गरेको भनेर हवाला दिने गरेका छन् । त्यति मात्रै होइन उनी कालिका टावर सञ्चालन गरेर देशैभरीका ठेक्का लिने र काम नगरी अनेत्र लगानी गरेर अर्बौं कमाएको समाचार स्रोतको दावी छ ।

त्यस्तै उनले कालिका मिडिया सञ्चालन गरे तापनि अधिकांश आफूले गरेका विकृति र विकसंगति, भ्रष्टाचार र ठेक्कापट्टामा भएका अनियमितताको ढाकछोप गर्न आफ्नै लगानीबाट सञ्चालित मिडिया प्रयोग गर्ने गरेका छन् । त्यति मात्रै होइन, उनीले गरेका विभिन्न कालाकर्तुतहरु आफ्नो मिडियाबाट चोख्याउने काम गर्दै आएका छन् । त्यस्तै अहिले स्वतन्त्रको नाममा निर्वाचित भएर आएका दुइृ पात्र र एक ठेकेदार मालदार र कमाउ मन्त्रालय सम्हाल्न पुगेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *