मन्त्रालयमा फोटो झुन्ड्याउनेको होडवाजी

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनसँगै सरकार परिवर्तन हुने परम्परा विगत लामोदेखि चल्दै आएको छ । त्योसँगै नेपाल सरकार अन्तर्गत विभिन्न मन्त्रालयहरुमा फोटो झुन्ड्याउने काम मन्त्रीहरुले गर्दै आएका छन् ।

अहिले यतिखेर गणतन्त्रको नाममा राष्ट्रपति बनेका व्यक्तिहरु पनि मन्त्रालयदेखि विभिन्न सरकारी आयोजना, विभाग, कार्यालयसँगै नेपाल सरकारको स्वामित्वमा रहेका संघ, संस्थाहरुमा समेत राष्ट्रपतिको फोटो झुन्ड्याउने काम भइरहेको छ ।

त्योसँगै नेपाल सरकारका सचिवदेखि महानिर्देशक, निर्देशक, डिजीलगायतका व्यक्तिहरुले पनि त्यसैको सिको गरेर फोटो अफिसमा झुन्ड्याउने काम गरिराखेका छन् । तर, नेपाल सरकारले यस्तो काममा समेत करोडौंको रकम खर्चिँदै आएको छ । कतिपय सरकार फेरबदल हुँदासमेत फोटो झुन्ड्याउने फोटो फेर्ने नाममा ठूलो धनराशी राज्यको ढुकुटीबाट खर्च हुने गरेको छ । यसरी फजुल खर्च गर्नु भनेको जनताले तिरेको करमाथि खेलवाड गर्नु हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्र शाहको पालामा आइपुग्दासम्म राजा, रानी र तिनका परिवारको तस्बिर सरकारी कार्यालयमा किन राख्नुप¥यो ? भनेर न्वारनदेखिको बल निकालेर विरोध गर्ने राजनीतिक दलका नेताहरुले त्यसकै सिको गर्दै मातहतका मन्त्रालय र सरकारी कार्यालयहरुमा आफ्नो फोटो राख्ने काम गरेका छन् । यतिखेर अधिकांश राजनीतिक दलका नेताहरुले सिंह दरबारमा आफ्नो फोटो झुन्ड्याउनको लागि मन्त्री बन्न मरिमेटेर लाग्ने गरेका थुप्रै उदाहरण रहेका छन् ।

त्यसको सिको गर्दै पछिल्लो समय अधिकांश उच्च पदस्थ कर्मचारीदेखि मुख्य सचिव, सचिवसम्मले कार्यालयमा आफ्नो फोटो राखेर राज्यको सम्पत्तिमाथि दुरुपयोग गर्दै आएको देखिन्छ ।

यसरी कार्यालयमा फोटो राख्नु भनेको सस्तो लोकप्रियतामा रमाएर राज्यको सम्पत्ति दुरुपयोग गर्नु हो । राष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीश जस्ता सम्मानित व्यक्तिहरुको फोटो राख्नु त उचित हो तर उच्च पदस्थ कर्मचारीहरुले समेत सस्तो लोकप्रियताका लागि आफ्नो फोटो कार्यालयमा राख्नु कति उचित हुन्छ कति हुँदैन ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *