लौ पढ्नुस् आइजीपी अर्यालका नालीबेली

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बनेसँगै गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचार र भद्रगोल अवस्थालाई अहिलेसम्म कुनै पनि कारबाही गरेर देखाउन सकेका छैनन् । उल्टै गृहमन्त्रीले केही प्रहरीहरुलाई सरुवा, बढुवा गरेर पौरख देखाएका छन् । यतिखेर सशस्त्र प्रहरी बलभित्र सिपाहीले गर्ने काम समेत प्रहरी हवल्दारले गर्नुपर्ने छ ।

अब सशस्त्रको मिसनमा वरिष्ठ हवल्दारभन्दा मुनिका कुनै पनि दर्जाले मिसनमा जान पाउने छैनन् । मिसनमा पठाउने कार्यविधिमा जागिरे अवधि १५ वर्ष पुगेका व्यक्तिलाई मात्रै सहभागिता गराउने भनिएको छ । तर, भरखरै मिसनका लागि प्रकाशित गरिएको नामावली लिष्टमा १५ वर्ष अवधि नपुगेका प्रहरी कर्मचारीहरु पनि छन् । जुनसुकै ट्रेडका भए पनि नियम त बराबर लाग्ने नै होला नि ।

करिव १६० भन्दा बढी सहभागिता हुने मिसनमा जम्मा १४० जनाको नामावली प्रकाशित गरिएको सशस्त्रले अरु नपुग संरचना भीआईपी तथा भीभीआइपीको कोटा सुरक्षित राखिएको एक उच्च प्रहरी अधिकारीले तामाकोशी सन्देशलाई बताएका छन् । प्रधानमन्त्री र प्रहरीहरलाई खुसी बनाउन आइजीपीले उक्त कार्य गर्दै छन् । यसरी मन्त्रीहरको नाम बेचेर आफ्ना आसेपासेलाई मिसनमा सहभागी गराउने अवसर दिन्छन् कि आफ्नै आसेपासेलाई प्राथमिकता दिन्छन् एकिन छैन ।

यसको लेखाजोखा र छानविन कसले गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । यसरी भीआईपी तथा भीभीआईहरुको भागमा रहेका सशस्त्र प्रहरीका कर्मचारीहरुमा विशेष गरी सवारी चालक तथा खाना पकाउने कर्मचारीहर केही मात्र फिर्ता भए पनि अझै अधिकांश प्रहरी कर्मचारी फिर्ता भएका छैनन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पूर्व आइजीपी खनालले जबर्जस्ती पठाएका सवारी चालक र परिचर एक जना पनि फिर्ता भएका छैनन् ।

ती सबै आइजीपीले चालु गरेर पठाएका प्रहरी कर्मचारी हुन् । प्रहरी नपठाएर आफूले गरेका कर्तुतहरु बाहिर आउने डरले अहिलेसम्म आइजीपी राजु अर्यालयले फिर्ता बोलाउन सकेका छैनन् । एकजना मात्रै चालक पाउने भीआईपीलाई दुई÷दुई जना चालक उपलब्ध गराउँदै आएका छन् । सीमा क्षेत्रमा रहेका गाडी खिया लागिसकेको छ । गाडी चलाउने चालक नभएर यता सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भने एकजना यसपीले सात जनासम्म चालक प्रयोग गर्दै आएका छन् ।

नी हुन् प्रमोद कुमार शाह । डाइभर, वडी गार्ड र चिया पकाउने अफिसमा काम गर्ने कर्मचारीलाई अफिसको काममा नलगाएर घरमा काम गराउने, श्रीमती, छोराछोरी ओसार पसार गराउनको लागि छुट्टाछुट्टै चालक खटाएका छन् । त्यसमा भीम बस्नेत, भीम केसरी, विष्णु सिभाकोटी, सोभित श्रेष्ठ, मणि लामा, अनिल लामा, सन्तोष सोडारी र अन्य प्रहरीहरुलाई समेत प्रयोग गर्ने गरिएको छ । यसै गरी सशस्त्र प्रहरीभित्र जागिरको अवधि ५८ वर्षे लागु गर्न आइजीपी अर्याल लागि परेका छन् ।

यो लागु भयो भने केही सिमित व्यक्तिलाई फाइदा हुन्छ भने धेरै जसो प्रहरी अधिकृतहरुलाई बेफाइदा हुन जाने छ । अगाडि बढुवा भएको व्यक्ति ५८ वर्षसम्म जागिर नछाड्ने हुँदा पछि बढुवाको लाइनमा रहेका प्रहरी अधिकृतहरु अवसर पाउँदैनन् । त्यसैले ९० प्रतिशत प्रहरी अधिकृतहरु ५८ वर्षे सेवा अवधि पार गर्नु हुँदैन भन्नेमा छन् । आइजीपी लगायतकेही स्वार्थी अधिकृतहरु नियम लागु गर्न लागिपरेका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *