प्रभु बैंकका सिईओ सिआईबीको फन्दामा

समाचार

काठमाडौं । सेलिव्रेटी सिइओ अशोक शेरचन किन भए भरको शक्ति लगाएर तेश्रो पटक सिइओ खान लागि परे ? तथ्यहरुले भन्छन्,आफ्नो कमि कमजोरी लुकाउन ।
नेपाल राष्ट्रबैकले जारी गरेको बैंक तथा बीत्त संस्थासम्बन्धी ऐन (वाफिया)ले स्पष्टसँग भनेको छ कि, सिइओको कार्यकाल बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ । तर,प्रभु र सेञ्चुरी बैंक मर्ज पछि उनी गैरकानूनी रुपमा तेस्रो कार्यकाल किन सीइओ खान अग्रसर भए ? यदी बाफियाको इमान्दारितापूर्वक कार्यन्वयन गर्ने हो भने अहिले अशोक शेरचनले सीइओ भएर गरेका हरेक निर्णय गैरकानूनी ठहर्दछ । हालै बैंकबाट बाहिरिएका देवी भट्टचन एमाले प्रवेश गरी सांसद हुनु,उनको पूर्व गभर्नर तथा अर्थमन्त्री युवराज खतिवडासँगको गहिरो कनेक्सनका कारण नेपाल राष्ट्रबैंकदेखि प्रहरीको केन्द्रीय अुसन्धान विभागसम्म कनेक्सन मिलाएर उनले उन्मुक्ति पाइरहेका हुन् भन्नेहरु पनि छन् । हिजोको प्रभु फाइनन्सले कुहिएका कम्पनीहरु किनेर आज यो अवस्थामा आइपुगेको हो । तर प्रभु बैंकका सीइओले यो बीचमा शक्तिको बलमा एक दुईवटा होइन दर्जनौं बैंकिङ फ्रड गरेका प्रभु बैंककै कर्मचारीहरु सुनाउँछन् । उनले नक्कली कम्पनी खडा गरेर ऋृण प्रवाह गर्नेदेखि ससुराका नाममा अर्बाै ऋृण प्रवाह गरेको, सहकारीका कारण डुबेको पूर्व सांसद इच्छाराज तमाङको कम्पनीलाई अर्बाै ऋृण प्रवाह गरेको बिषयमा अहिले सरोकारवाला निकायले सुक्ष्म ढंगले छानबिन गरेको खण्डमा सिइओ शेरचनले उन्मुक्ति नपाउने नेपाल राष्ट्र बैंककै अधिकारीहरु सुनाउँछन् ।
शेरचनले सहायक कम्पनी खडा गरि अर्बौ ऋण अपचलन गरेको प्रकरणलाई जोडेर वालुवाटारस्थित केन्द्रिय बैंक हुँदै केन्द्रिय अनुसन्धान व्युरोसम्म उजुरी परेको बताइएको छ । डुबेको जानकी मेडिकल कलेजका नाममा अर्बाै ऋृण पटक पटक प्रवाह गरिनुलाई बैंककै उच्च अधिकारीहरुले स्वार्थको कनेक्सन भनेका छन् । बैंक सूत्रको अनुसार प्रभुले जानकी मेडिकल कलेजलाई प्रवाह गरेको साढे २ अर्ब ऋृण जोखिममा परेको छ । यसरी ऋृण प्रवाह हुनुको पछाडि उनको ससुरा त्यहाँ जोडिनुलाई प्रधान कारण हो भन्छन्,बैंकका कर्मचारीहरु चाहिँ । राम जानकी हेल्थ फाउण्डेसनले चलाएको कम्पनी हो,जानकी मेडिकल कलेज । त्यसका शेयरधनीहरुमा हरिकृष्ण भट्टचनका अलवा धन बहादुर शेरचन र हरिमान लामा छन् । यष्सरी डुबेको कम्पनीलाई ऋृण प्रवाह हुनुको पछाडिको मुख्य कारण र पात्र हुन अशोकका ससुरा हरिकृष्ण भट्टचन । यसका अलवा अशोकले हाउजिङमा लगानी गर्दाको जोखिम बुझ्दा बुझ्दै अहिले कारागार जीवन बिताइरहेका पूर्व सांसद तथा बैकर इच्छाराज तमाङले चलाएको कम्पनीलाई पटक पटक गरी ५५ करोड ऋृण प्रवाह गरेको भेटिएको छ । अशोकले बौद्ध हाउजिङ प्रालिमा शेरचनले प्रभु बैंकबाट पहिले ४० करोड र पछि थप १५ करोड गरी ५५ करोड रकम ऋण दिएको पाइएको हो । २० रोपनी क्षेत्रफल रहेको उक्त हाउजिङ कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । जम्माजम्मी ५ करोड चुक्तापूँजी भएको कम्पनीलाई अशोकहरुले के आधारमा ५५ करोड ऋृण प्रवाह गरे । यो गम्भीर अनुसन्धानको बिषय छ । अशोक र उनका समूहका यस्ता बैंकिङ फ्रड एक दर्जनभन्दा बढी रहेको र यस्तै फ्रडबाट जोगिनका लागि सेञ्चुरी कमर्सियल बैंक प्रभुमा मर्ज भएपछि पनि दुई कार्यकाल खाइसकेका शेरचन फेरि गैरकानूनी रुपमा सिइओ नियुक्ति खाएको राष्ट्र बैंक स्रोतले भनेको छ । राष्ट्र बैंक हुँदै केन्द्रीय अनुसन्धान व्युुरोमा पुगेको ८ अर्ब ठूलो बैंकिङ फ्रडको घटनामध्ये एउटा प्रभु बैंक र त्यहाँको सीइओ अशोक शेरचनसँग सम्बन्धित रहेको नेपाल राष्ट्र बैंकको उक्त स्रोतले पृष्टि गरेको छ । यो बिषयमा सिइआइबीका अधिकारीहरुसँग जिज्ञासा राख्दा अनुसन्धान चलिरहेको बिषय भन्दै प्रतिक्रिया दिन इन्कार गरेका छन् ।
यसैबीच यस्तै फण्डामा डामिएका छन्,एउटा विकास बैंकको सिइओ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलनको अभियोगमा पक्राउ गर्नका लागि भन्दै पक्राउ पूर्जी जारी गरिएको केन्द्रिय अनुसन्धान व्युरो स्रोतले तामाकोशी सन्देशलाई जनाएको छ । झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रबाह गरेको ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको भन्दै उनी फन्दामा पर्न लागेका हुन् ।केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ जारी गरेपछि सीइओ बस्नेत फरार भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *