राजनीतिक दलको भर्तीकेन्द्र बनाउँदा सरकारी स्वामित्वका संस्थानहरु बन्द

राजनीति समाचार

काठमाडौं । सरकारको स्वामित्वमा रहेको संघसंस्थाहरु विगत लामो समयदेखि घाटामा गइरहेका छन् । तर, सरकारी निकाय भने यी यस्ता संस्थानहरु घाटामा गए तापनि सरकारले त्यसको निगरानी राखेको छैन । किन कि नेपालमा सरकार परिवर्तन भएसँगै ती संघ, संस्थाहरुमा राजनीतिक नियुक्ति गर्ने र कार्यकर्ताहरु भर्तीकेन्द्र बनाउने भएको कारण अहिले यतिखेर नेपालमा रहेका संस्थानहरु टाट पल्टिइरहेका छन् । एउटा उदाहरण हो नेपाल बायुसेवा निगम । विगत लामो समयदेखि विवाद र घाटामा चलिरहेको नेपाल वायुसेवा निगमलाई हेरे पुग्छ ।

अधिकांश राजनीतिक दलको सरकार फेरिएसँगै त्यस संस्थामा कार्यकारी निर्देशक र अध्यक्ष फेरिने परम्पराले नेपाल वायुसेवा निगम टाट पल्टिँदै गएको छ । एकातिर कर्मचारीहरुको आन्दोलन, अर्कोतिर राजनीतिक हस्तक्षेपको कारणले गर्दा निगम सधैं टाट पल्टिने गरेको हो । अहिले पनि नेपाल वायुसेवा निगमले नाफा कमाउन नसकेर विभिन्न संघ, संस्था र अर्थमन्त्रालयबाट ऋण लिएर कर्मचारीलाई तलब खुवाइरहेको अवस्था छ । कर्मचारीलाई तलब मात्रै होइन, नेपाल वायुसेवा निगम सञ्चालनको लागि पनि बजेटको त्यत्तिकै आवश्यकता छ ।

नेपाल वायुसेवा निगमले सञ्चालन गरेको विमानहरुबाट नाफाको कुरै छोडौं कर्मचारीलाई तलब र अफिस मेनेजमेन्टको लागि सधैं ऋण लिनुपर्ने अवस्था छ । तत्कालीन राजाको पालामा शाही नेपाल वायुसेवा निगम एकदमै नाफामा चलेको संस्था भनेर चिनिने गरिन्थ्यो । जब २०४६ मा बहुदलीय व्यवस्था आयो । त्यसपछि सरकारी स्वामित्वमा रहेका संघ, संस्थाहरु धरासायी बन्दै गए ।

धरासायी मात्रै भएनन् धेरै सरकारी स्वामित्वका संस्थानहरु बन्द नै भए । त्यस्तै धरासायी अवस्थामा रहेको एउटा संस्था हो नेपाल वायुसेवा निगम । मुलुकमा बहुदली व्यवस्था आएपछि कुनै पनि सरकार स्थिर बनेन । दलका सरकारहरु परिवर्तनसँगै राजनीतिक पार्टीका कार्यकर्ता पालनपोषणको लागि भर्तीकन्द्र बन्दै सरकारी संघसंस्थाहरु । यसरी राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बनाउने कारणले आवश्यकताभन्दा बढी कर्मचारी राख्न थालियो । सबै राजनीतिक दलको भर्तीकेन्द्र बनेपछि ती संस्थानहरुमा ‘चेक एन्ड ब्यालेन्स’ नमिल्दा अधिकांश सरकारी संस्थानहरुमा राजनीतिक आडमा भ्रष्टाचार बढेर गएको कारणले गर्दा अहिले वायुसेवा निगम यो अवस्थामा आइपुगेको हो ।

यति मात्रै होइन, बहुदलीय व्यवस्था आएयता राम्रै नाफामा सञ्चालन भएका सरकारी संस्थानहरु टाट मात्रै पल्टिएनन् धेरै बन्द नै भए । साझा यातायात, ट्रली बस, जनकपुर चुरोट कारखाना, हरिसिद्धि इँटाटायल कारखाना, टिम्बर अफ कर्पोरेशन, बाँसबारी छाला जुत्ता काराखाना, हेटौंडा कपडा उद्योग, विराटनगर जुटमिल काराखाना, नेशनल टे«डिङ लिमिटेडलगायत धेरै संघसंस्थानहरु बन्द भइसकेका छन् । अब छिट्टै बन्द हुने अवस्था रहेका संस्थानहरु यस प्रकार रहेका छन् ।

जस्तो नेपाल वायुसेवा निगम, दूग्ध विकास संस्थान, राष्ट्रिय बीमा संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, जटिबूटी प्रसोधन केन्द्र, नेपाल खाद्य संस्थान, साझा प्रकाशनलगायतका क्षेत्रमा अत्यन्तै राजनीतिक भर्तीकेन्द्र बनाइएको र चेक एण्ड बेलेन्स मिलाउन नसक्ने कर्मचारीहरुको कारण बन्द हुने अवस्थातिर पुग्दै छन् ।

सरकारी स्वामित्वमा रहेका संस्थानहरु यसरी टाट पल्टिनुमा राजनीतिक दलको भर्तीकेन्द्र र भ्रष्ट कर्मचारीको हात रहेको छ । यसरी सरकारी संस्थानहरु भटाभट बन्द भएपछि नेपालमा बेरोजगारी बढेर अधिकांश नेपालीहरु विदेसिनुपर्ने वाध्यता भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *