विचौलियाको कारण कृषि पेसा धरापमा

विविध समाचार

काठमाडौं । यतिखेर कृषकहरुले आफ्नो उब्जनीको मुल्य नपाएर बजारमा आन्दोलन गर्न थालेका छन् । कृषि समस्या आजको समस्या होइन, बर्षौदेखि हुदै आएको छ ।

सरकारले कृषकको लागि भनेर विभिन्न विउविजनदेखि कृषि औजार, मल जस्तो समस्याको समाधान हुन्छ भन्दै आएतापनि विभिन्न पार्टीबाट कृषिमन्त्री बनेतापनि अहिलेसम्म कृषकहरुको समस्या हल गर्न सकेका छैनन् ।

अधिकांश कृषकहरुले आफ्नो उब्जनीको उचित मुल्य पाएर सडकमा जात्रा देखाउने गरेका छन् । तर, कृषिमा विचौलियाहरुले खेल्दै आउँदा यो अवस्था आएको छ । विचौलियाहरुले गर्दा नेपालीहरुले आफ्नो उब्जनीबाट राम्रो फाइदा लिन सकेका छैनन् ।

अधिकांश विचौलियाले नेपाली कृषकहरुलाई धरायसी पार्दै आएका छन् । सरकारले भने यस्ता विचौलियाको बारेमा कुनै पनि कानून बनाएर कारबाहीको दायरामा ल्याउन पनि सक्दैन । त्यसकारण पनि कृषकहरुले कृषि पेसा नै त्याग्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *