सहकारीले सर्वसाधारणको पैसा विदेश पु-याउँदै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । तत्कालीन सरकारको पालादेखि लाग्दै आएको आर्थिक मन्दीले शेयर बजारमा शेयर बजार उठ्नै नसक्ने अवस्थामा पुगेको थियो । नयाँ सरकार बनेपछि केही सुधारिएको आवस्था आएपनि तापनि फेरि ओरालोतिर लागेको छ । यसरी शेयर बजार दिनानुदिन ओरालो लागिरहँदा नेपालमा खोलिएका विभिन्न फाइनान्स कम्पनी र सहकारी संस्थाहरु पनि भागाभागको अवस्थामा पुगेका छन् ।

गत हप्ता भैंसेपाटीमा रहेको सन्ध्या सहकारी संस्थाले निक्षेपकर्ता र लगानीकर्ताको रकम कुम्ल्याएर फरार भएको छ । उक्त सन्ध्या सहकारी संस्थाको केन्द्रीय कार्यालय काठमाडौंको भैंसे पाटीमा रहेको छ भने शाखा कार्यालयहरु काठमाडौंकोे नयाँ बानेश्वर, लतिपुरको जवालाखेल, चितवनको नारायणघाटमा रहेको भनाइ छ ।

उक्त सहकारी संस्थाले विभिन्न निक्षेपकर्ता, विभिन्न संघसंस्था र विदेशबाट समेत पैसा असुल्ने गरेको थियो । त्यसमा पनि विभिन्न व्यवसायको ठूला–ठूला आश्वासन दिएर जम्मा गरेको रकम सहकारी संस्थाहरुले हिनामिना गरेर भाग्ने गरेका थुप्रै उदाहरण छन् । यसरी फाइनान्स कम्पनी र सहकारी संस्थामार्फत विभिन्न शीर्षकमा जम्मा गर्न लगाउने त्यसरी जम्मा भएको सर्वसाधारण जनताको पैसा विदेश पाठाउने र आफू पनि विदेशतिरै पलायन हुने घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् ।

यसरी सर्वसधारणको पैसा हिनामिना गरी भाग्ने सहकारी संस्था र फाइनान्स कम्पनीहरुको समाचार दिनप्रतिदिन सञ्चार माध्यमहरुमा आइरहँदा पनि सरकार र सम्बन्धित निकायले भने ध्यान दिएको छैन । त्यसरी पैसा हिनामिना गरी भागेका फाइनान्स कम्पनी र सहकारी संस्थाका सञ्चालकहरुलाई अहिलेसम्म सम्बन्धित निकायले नियन्त्रणमा लिएर कारबाही गर्न सकेको छैन ।

यसरी सहकारी र फाइनान्स कम्पनीहरु भागिरहँदा अधिकांश सर्वसधारण नेपालीले जम्मा गरेको पैसा त्यत्तिकै जाने र त्यसले घरझगडादेखि आत्माहत्यासम्मका घटनाहरु हुने गरेका थुपै्र उदाहरणहरु छन् । तर, सरकार भने मुकदर्शक बन्ने गरेको छ । खास गरी नेपालमा सहकारीको अवधारणा नेकपा एमालेले ल्याएको थियो ।

त्योसँगै एमालेले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नारा अलाप्ने गरेको थियो । त्यसैको सिको लिएर नेपालमा धेरै फाइनान्स कम्पनी र सहकारी संस्थाहरु खोलिएका थिए । यसरी सहकारी संस्था खोलिएसँगै कतिपय राजनीतिक दलका नेतादेखि, टाठाबाठा कार्यकर्ताहरुको जीवन पनि सुध्रिएको छ । त्यस्तै सहकारी संस्थाका कारण अधिकांश सर्वसाधारण नेपालीको भने घरबार नै उठिवास लागेको छ । त्यसैगरी सहारा सहकारी संस्था पनि भाग्ने तरखरमा लागेको समाचार स्रोतको दावी छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *