एजेण्डामा धमिरा लाग्दा पार्टी ध्वस्त
काठमाडौं । पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा वरिष्ठ उपाध्यक्ष पनि उपप्रमसहित सरकारमा जान एमालेको हुने माओवादी किन नहुने ? माओवादीमा नारायणकाजीको हकमा यो सिद्धान्त लागू भयो । जसरी एमाले अध्यक्ष केपी ओली र ईश्वर पोखरेल सरकारमा गएका थिए । त्यो बेला नेकपाको एकलौटी सरकार थियो । माओवादीका मन्त्रीहरु केपी ओलीका अगाडि दास नै थिए । नेकपामा पनि केपी ओली हावी भए । एमालेकै माधव, झलनाथले वरियतामा रुवाबासी गरे । उनीहरुले बनाएको पार्टीमा केपी ओलीको राज चलेको ख्यालै गरेनन् । अहिले दुबैको हालत माओवादीको सहारा लिँदै नेपाली कांग्रेसको काखमा छ ।
अहिले माओवादीमा ठिक त्यस्तै भएको छ । नारायणकाजी थैली नेता बनेका छन् । जसको सन्तान छैन, विवाह गरेका छैनन् । सत्ता पार्टीमा पुगेपछि काजीलाई मन्त्री चाहिन्छ । नारायणकाजी संगठन भएका नेता थिएनन् । माओवादीको जनयुद्धको सारथी नभए पनि वार्ताका नाममा नारायणकाजीले भ्रष्टाचार गरेको पैसाले त्यो बेला काठमाडौंमा घर आउँथ्यो भनेर भरत दाहाल भन्दैछन् । सेनाबाट परिचालित भरत दाहाल दाङका हुन् । दाहालले क्रान्तिकारी गफ दिने गरेका थिए । पत्रकार प्रेमकान्त जैसी र दाहालका कुरा मिल्छन् । दुबै मौका परस्त अवसरवादका चेला हुन् । कटुकान्त वामदेववादी पनि हुन् ।
क्रान्तिकारी नेकपा चन्दवादी पनि हुन् । चन्दकै पार्टीबाट काठमाडौं महानगरको मेयरमा उम्मेद्वार भएर ५४ मत प्राप्त गरेका थिए । सरकारको नेतृत्व लिएको माओवादीको न त पार्टी व्यवस्थापन छ । न त संगठन व्यवस्थित नै छ । एक वर्षसम्म पार्टीको संरचना बनेको छैन । जसले काम गर्न सक्छ, जनताले पत्याउँछ, उसले ठाउँ पाउँदैन । यसको प्रमाण लिलामणि पोखरेल हुन् । नारायणकाजीले नै छेक्छन् । गिरिराजमणिजस्ता भ्रष्ट व्यक्तिका कारण काजी चुपचाप छन् । यी दुवै देखावटी अविवाहित हुन् ।
उपमहासचिव त के लिलामणि पार्टीकै महासचिवको क्षमता भएका नेता हुन् । तर युरोपेली युनियनका बिचौलिया जनजातिका स्तम्भ देव गुरुङजस्ता महासचिव बनाइए । विगतमा पार्टी फुटाउने गुरुङजस्ताले प्रेस सेन्टरको महासचिव कतै पहुँच नभएको विचारमा दुष्ट व्यवहार भएका व्यक्तिलाई बनाए । जसले प्रेस सेन्टरका नाममा ठग्नेलाई चिन्छ, निष्ठा र त्यागमा अडेकालाई चिन्दैन । पार्टीभित्र पदाधिकारी एक वर्ष पछि चुनेपनि केन्द्रीय सदस्यको क्षेत्र तोकिएको छैन ।
स्थायी समिति पोलिटव्यूरोसमेत बनाउन नसक्ने अन्र्तपार्टी निर्वाचनसँग डराउने माओवादी कस्तो पार्टी हो ? जसले गत वर्ष आठौं महाधिवेशन सम्पन्न ग¥यो । मौकामा अरुको बुई चढेर सत्तामा जाने देश हाम्रै एजेण्डामा चलेको छ भन्ने गीत गाएर त्यो पार्टी कति समयसम्म टिक्छ शंका छ । सँधै माओवादीका भ्रष्टको संघीयता र गणतन्त्रको डमरु बजाउने एजेण्डामा देश चल्दैन । त्यहीकारण माओवादी लथालिंग भएको छ । जता गयो, त्यतै प्वाल जस्तो भएको छ । पार्टीमा पदाधिकारी चयन गर्न वर्षदिन लाग्ने कस्तो क्रान्तिकारी पार्टी बन्दैछ माओवादीमा अहिले चर्चा चल्दैछ । भ्रष्ट शिरोमणि जनार्दन शर्मा उपमहासचिव भएका छन् ।
भ्रष्ट दिनानाथ शर्मा मर्ने बेलामा पनि सचिव भएको पार्टीमा लेखनाथ न्यौपाने, कृष्णध्वज खड्का, रामप्रसाद सापकोटाजस्ता दर्जनौं नेता पार्टीमा अलपत्र छन् । दिनानाथ उमेर ८० लागेर पनि युवाहरुको लागि बोल्दैनन् । मौका आउँदा धनार्जन शर्मा, दिनानाथ शर्माजस्ता स्थानीय तहमा टिकट बेचेर हजम गर्न नछाड्नेहरुलाई अध्यक्ष प्रचण्डले काखी च्यापेका छन् । शर्माको सचिव, स्थायी समिति सदस्य, पोलिटव्यूरोसम्मको यात्रामा सामाखुसीमा जुम्ल्याहा हवेली बनेको छ ।
किनकी जनयुद्धपछिको शान्ति वार्तापछि उद्योगपति, मान्छे बेच्ने म्यानपावरहरुबाट उठाइएको अर्बाैं रुपैयाँ पार्टीको नाममा दुबैले हजम गरेको कारण देखादेखी ठगी गर्ने शर्मालाई प्रचण्डले त्याग्न सक्दैनन् । माओवादी अध्यक्ष पुष्पकम दाहालको सत्ता कार्यकाल यो अन्तिम हो । किनकी उनलाई शुद्ध अमेरिकी बिचौलिया रास्वपाका रवि लामिछानेले हप्काउन नसक्नुको पछाडि एमाले अध्यक्ष केपी ओलीको हात रहेको छ । राष्ट्रपतिको निर्वाचनले माओवादीको अवस्था छर्लंग पार्नेछ । (तामाकोशीसन्देशबाट)