पशुपन्छीको कल्याणका लागि एनिमल नेपालको अभियान

विविध समाचार

काठमाडौं । ‘एनिमल नेपाल’ संस्थाले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको लागि अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले पशुकल्याण अभियानका लागि भनेर यही फागन १ गते सोमबार पत्रकार अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम काठमाडौं बबरमहल ‘रि’भिजिटस्थित मुलचोक रेष्टुरेन्टमा सम्पन्न गरिएको हो । सो कार्यक्रममा पशुपन्छी कल्याणले विश्वव्यापी मान्यता पाएसँगै नेपालमा पनि अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको लागि पिँजडामुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो ।

पशुपन्छीलाई दुःख, पीडा र मानव सिर्जित त्रूmर्रताबाट छुट्कारा दिनुपर्ने लक्ष्यका साथ सन् २००९ मा ‘एनिमल नेपाल’को स्थापना गरिएको थियो । सो लक्ष्य प्राप्त गर्न एनिमल नेपालले पशुपन्छीको उद्दार, विभिन्न अनुसन्धान तथा चेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएको छ । ‘एनिमल नेपाल’ स्थापना भएपश्चात् हजारौं सामुदायिक कुकुर र जनावरको उपचार तथा उद्दार गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी सो संस्थाले पशुकल्याणका लागि सामाजिक शिक्षा प्रदान गरी मानिसको मनोवृत्तिमा परिवर्तन ल्याउन सफल भएको देखिन्छ । भैंसी, राँगा, खसी, बोका, कुखुराजस्ता मासुजन्य घरपालुवा पशुपन्छीहरुलाई पालपोषण तथा ढुवानीसँग सम्बन्धित विभिन्न समस्याबाट मुक्त गराउन अभियान चलाएको छ ।

ती मासुजन्य पशुपन्छीहरु जीवनमा गरिदिने विभिन्न पीडाजन्य परिस्थितिको निराकरणका लागि एनिमल नेपाल लागिपरेको बताइन्छ । एनिमल नेपालले पशुपन्छीहरुको जीवनदेखि मृत्युसम्म महसुस गर्ने शारीरिक तथा मानसिक पीडालाई अर्थपूर्ण रुपमा हेरी उनीहरुको कल्याणका निम्ति अभियान सञ्चालन गर्दै आएको कार्यक्रममा प्रकाश पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *