मेडिकल क्षेत्रमा विशाल पण्डितको दादागिरी

राजनीति समाचार

काठमाडौं । विशाल मेडिकल माफियाका लागि चर्चित र बदनाम व्यक्ति हुन । उनले देशभरका सरकारी अस्पतालदेखि स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद तथा मर्मत गर्नेदेखि अन्य सर्जिकल आइटमसम्मको आपूर्तिमा उनको एकछत्र राज छ ।कतिसम्म भने स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव समेत विशाल पण्डितजस्ता माफियाहरुले नै बनाउँछन् भन्ने आरोप समेत लाग्दै आएको छ । उनै पण्डितले सिंहदरबारकै मुखमा ११ तल्ले बंगला खडा गरेर सञ्चालन गर्दै आइरहेका छन् ।

यो मेडिकल माफियाका रुपमा परिचित विशाल पण्डितहरुको लगानी रहेको होटल हो । इमिरो प्लाजा प्रालिका नाममा काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर २१७५ मा निर्माण भएको बेसमेन्टसहित ११ तले भवनमा अहिले फाइभ स्टार बसेरा बुटिकमा ३ वटा रेस्टुरेन्ट, २५० जना अट्ने क्षमता भएको कन्फेरेन्स हल, विदेशीहरूका लागि कल्चरल नेपाली डान्ससहित रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय सञ्चालन हुँदा सिंहदरबार, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा सुरक्षा थ्रेट बढ्दै गएको छ ।

भ्रष्ट कर्मचारी र नेतालाई त सो होटलको गोप्य कोठामा गएर घुसको डिल गर्नका लागि उपयुक्त स्थान होला तर यो होटलले मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई नै सुरक्षा चुनौती दिइरहेको सुरक्षासँग जानकारी राख्नेहरु सुनाउँछन् । यस्ता होटल हटाउनका लागि भन्दै सरकारले समिति पनि बनायो । समितिले ३ सुझाव विकल्पका रूपमा दिदैं प्रतिवेदन दिएको भए पनि सरकारले हालसम्म प्रतिवेदन कार्यान्वयन गरेको छैन ।

मापदण्डअनुसार नै बनेको भए पनि होटल कि भत्काउनुपर्ने थियो, कि नेपाल सरकारले नै भाडामा लिएर सञ्चालन गर्नुपर्ने थियो । नभए नेपाल सरकारले नै आफ्नो स्वामित्वमा अधिग्रहण गर्नुपर्ने लिखित सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको घर्रामा पुगेको छ । राष्ट्रिय सुरक्षा समितिको अध्यक्षता प्रधानमन्त्री आफैं हुने र उनले एक्सन लिएको खण्डमा यस्ता बंगला तत्कालै सरकार मातहत आउने प्रवल सम्भवना छ ।

यसरी प्रधानमन्त्रीको डण्डाबाट बच्नका लागि लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक समेत रहेका पण्डितको पकेटका कर्मचारीका रुपमा परिचित सहसचिव नवराज ढुंगानालाई नै प्रधानमन्त्रीको निजी सचिवालयमा नियुक्त गरेको ती सहसचिवले जनाएका छन् । राष्ट्रपति, प्रधानमन्त्री,सभामुखदेखि प्रहरी केन्द्रीय कार्यालय, नेपाली सेनाको हेडक्वार्टर,सिआइबी,सिआइडी अफिसकै अगाडि तिनलाई समेत निगरानी गर्ने गरी भव्य बनाउने स्वीकृति दिनेलाई कारवाही,त्यस्ता भवन सरकार मातहत ल्याउनुपर्ने प्रतिवेदन कार्यन्वयन हुने भयले उनै विशालको सेटिङमा नवराज त्यहाँ पुगेका कर्मचारीहरुले बताउन थालेका छन् ।

बाटोमा मकै बेचेर,मोजा,पन्जा बेचेर खाने गरिबलाई लखेट्ने काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’को नजर सिंहदरबारकै सामुन्ने रहेको भवनमा नपर्नुलाई यसमा उनै विशालको प्रभुत्वको रुपमा हेर्न थालिएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *