ठूला मिडिया सञ्चालकहरुको पोल खोलाखोल

राजनीति समाचार

काठमाडौं । नेपालमा सञ्चार क्षेत्रको विकास भएसँगै सञ्चार उद्योगीहरु पनि व्यापक रुपमा फस्टाएका छन् । सञ्चार क्षेत्रमध्येमा दैनिक रुपमा प्रकाशित हुने कान्तिपुर, लोकपत्र, श्रीसगरमाथा, हिमालयटाइम्स, स्पेसटाइम्सलगायतका पत्रिका एकैचोटी उदाएका थिए । त्यसमध्ये लोकपत्र, श्री सगरमाथा र स्पेसटाइम्स बन्दै भइसकेका छन् ।

हिमालयटाइम्स र समाचारपत्र सामान्य रुपमा बामे सरिरहेका छन् । तर, एकैचोटी जसो दर्ता भएर प्रकाशन थालेका अधिकांश दैनिक पत्रिका खर्च धान्न नसकेर बन्द हुँदा कान्तिपुर दैनिक भने अहिले पनि सानदार ढंगले चलिरहेको छ । त्योसँगै कान्तिपुर गु्रपबाट फुटेका हेमराज ज्ञवालीले नागरिक दैनिक चलाइरहेका छन् भने त्यसैबाट फुटेर गएका अर्का व्यक्ति रामेश्वर थापाले अन्नपूर्ण दैनिक सञ्चालन गरिराखेका छन् । यी दैनिक पत्रिकामध्ये पनि अझै कान्तिपुरको सान छुट्टै छ ।

कान्तिपुर दैनिकका सञ्चालक कैलाश सिरोहियाले पत्रिका विक्रीवितरण र विज्ञापन भन्दा पनि समाचारबाट बार्गेनिङ गरेर विभिन्न उद्योगी, व्यवसायी र आयोजनाहरुलाई तर्साउने र त्यसबाट बिनालगानी शेयर लिने गर्दै आएको बतान्छ । त्यसरी आएको शेयर उनले आफ्नो नाममा नराखी नातेदारको नाममा राख्ने गरेको समाचारहरु आउने गर्दछन् । उता अन्नपूर्ण पब्लिकेशनका सञ्चालक रामेश्वर थापाको नालीबेली अर्कै छ । उनको पेशा मिडिया सञ्चालकसँगै हवाइ माफियाहरुसँग साँठगाँठ रहेको छ ।

उनले पत्रिकाको आडमा विदेशबाट ल्याइने विभिन्न सामानहरुको राजश्व छली गर्ने गर्दछन् । त्यस्तै कान्तिपुर दैनिकबाट फुटेर गएर नागरिक दैनिक सञ्चालन गरेका हेमराज ज्ञवालीको धन्दा पनि त्योभन्दा कम छैन । ज्ञवालीले तत्कालीन आयल निगमले जग्गा खरिद गर्दा पत्रिकाको आडमा ठूलो बार्गेनिङ गरेका थिए । उक्त निगमको जग्गासँगै अन्य व्यापारी, व्यवसायी र उच्च निकायका कर्मचारीहरुसँग त कति मार्गेनिङ गरे, गरे ।

त्यस्तै अमेरिका बसेर एक्कासी नेपाली पत्रकारिता क्षेत्रमा उदाएका रवि लामिछानेको पनि कालाकर्तुतहरु एकपछि अर्को गर्दै पर्दाफास हुँदै गएको छ । त्योसँगै रविको आफ्नो कलाकर्तुत बाहिर आएपछि रविले १२ भाइको नाममा मुछेका छन् । त्यसमा रिपोर्टर्स क्लब सञ्चालन गरेर नेपाली पत्रकारिता क्षेत्रमा कहलिएका व्यक्ति प्राइम टिभी सञ्चालक ऋषि धमलासमेत रविका १२ भाइमा परेका छन् । यसरी नेपालका ठूला भनिएका मिडिया उद्योगीहरु खासै नेपालको आयआम्दानीबाट सञ्चालित छैनन् भन्ने यसैबाट पुष्टि हुन्छ ।

अहिले यी १२ भाइ भनिएका व्यक्तिहरु एकले अर्काको पोल खोल्न न्वारानदेखिको बल निकालेर लागेका छन् । यी ठूलो भनिएका सञ्चार उद्योगीको कारण नेपाली पत्रकारिता जगत नै यतिबेला बद्नाम बन्दै आएको छ । यी ठूला सञ्चार उद्योगीका कारण अहिले नेपालमा राष्ट्र, राष्ट्रियता र वाक स्वतन्त्रताको नाममा वस्तविक पत्रकारिता गर्नेहरु पुरै पेशाबाट पलायन हुने अवस्थातिर धकेलिएका छन् ।

उता ठूला मिडियाका अध्यक्ष तथा सञ्चालकहरुलाई रवि लामिछानेले १२ भाइको नाम दिएपछि आफ्नो कालाकर्तुतहरुको पोल खुल्ने डरले अत्तालिएका छन् । यसले के देखाउँछ भने अधिकांश नेपालबाट सञ्चालित मिडियाहरु विदेशीको इसारा र लगानीमा चलेका रहेछन् भन्ने सर्वसाधारणले उच्चारण गर्न थालेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *