अभिनय र निर्देशन छोडेर गायनतिर नविनकुमार पौडेल

मनोरञ्जन समाचार

काठमाडौं । ताप्लेजुङको तिरिङ्गेमा जन्मिएका नविनकुमार पौडेलको हालको बसोबास भने झापाको कमल गाउँपालिका ३ मा पर्छ । अध्ययनसँगै सांगीतिक करियर बनाउन झापाबाट काठमाडौं छिरेका पौडेलले अभिनयबाट आफ्नो कला क्षेत्रको बाटो तय गरेका थिए । उनले ‘चलेको चलन’ नामक टेलिसिरियलबाट अभिनय यात्रा थाले । अहिले उनले तीनदर्जन बढी म्युजिक भिडियोमा निर्देशन र अभिनय गरिसकेका छन् ।

यसरी अभिनय र निर्देशनबाट कला क्षेत्रमा उदाएका पौडेलले अहिले अन्य विधा छाडेर गायन क्षेत्रलाई आफ्नो पेशा बनाएका छन् । यसरी अभिनय र निर्देशनबाट कलाकारिता क्षेत्रमा उदाएका पौडेलले अहिले झन्डै तीन दर्जन बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।
पौडेलले ‘मैले पागलपन’ नामक एल्बमबाट गायन क्षेत्रमा हात हालेका हुन् । त्यसयता उनले तीन दर्जनबढी गीतमा स्वर पस्किइसकेका छन् । पौडेलका दर्जनौं गीतहरु सार्वजनिक भएमध्येका कुनै गीतले दर्शक, स्रोताहरुको राम्रैसँग मन जितेका छन् ।

पछिल्लो समय सार्वजनिक भएको पौडेलको ‘मेरीडल्ली’ नामक गीतले नेपाली सांगीतिक बजार राम्रोसँग तताएको थियो । ‘मेरीडल्ली’मा नविनकुमार पौडेल र रचना रिमालको स्वर सजिएको छ । उक्त गीतको म्युजिक भिडियोमा मोडल सुदीप श्रेष्ठ, विना राउत र अन्य कलाकारहरुको अभिनय रहेको छ । त्यसपछि भरखरै बजारमा सार्वजनिक भएको ‘पानीप¥यो छाता छैन’ नामक गीत अहिले चलिरहेको छ ।

उक्त गीतलाई पनि धेरै दर्शक, स्रोतहरुले मन पराएको पौडेलको भनाइ छ । उक्त गीतको म्युजिक भिडियोमा मोडल सरोज प्रजा र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । गीतमा नविलकुमार पौडेलको स्वर रहेको छ भने त्यसमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । शब्द संगीत प्रकाश थापाको रहेको छ भने छायांकन दिनेश पराजुली र निर्देशन सुरेन्द्र बस्यालको रहेको छ । उक्त गीतको म्युजिक भिडियो ‘नेपमेलो’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *